कोठा चित्त नबुझेपछि एआईजी बिदामा
![कोठा चित्त नबुझेपछि एआईजी बिदामा कोठा चित्त नबुझेपछि एआईजी बिदामा](https://ebudhabar.com/wp-content/uploads/2019/05/DIGDhiruBasnet.jpg)
काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्मा थन्काइएका नेपाल प्रहरीका एआईजी धिरु बस्नेत आफूले भनेजस्तो कार्यकक्ष नपाएपछि १५ दिने घर बिदामा बसेका छन् । यसअघि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको प्रमुख रहेका एआईजी बस्नेत प्रतिष्ठानको ५० लाख रकम आफ्नो निजी खातामा हाल्न लेखापाललाई दबाब दिएकै कारण जगेडामा परेर परिषद्मा खेदाइएका थिए । जबकि, त्यहाँ एआएजीको दरबन्दी नै छैन ।
परिषद्मा पठाइएपछि एआईजी बस्नेतले आफूलाई सचिवस्तरको सबै सुविधाको माग गरेका थिए । परिषद् स्रोतका अनुसार उनले परिषद्का कर्मचारीसँग सुरक्षा गार्डसहित अट्याच बाथरुमसहितको कोठा, गोप्य भेटघाटका लागि अलग्गै अर्को कोठालगायत सुविधा हुनुपर्ने माग गरेका थिए । तर, माथिल्लो तलामा केही सुविधा नभएको एउटा मात्र कोठामा राखिएपछि उनी बिदामा बसेको बताइन्छ । कर्मचारीले उनले भनेजस्तो सुविधा प्रदान गर्न नसकिने जानकारी गराएपछि उनी रिसाएर बिदामा बसेको स्रोतको दाबी छ ।
एआईजी बस्नेतले प्रतिष्ठानको बजेट कुम्ल्याउन लेखापाललाई अनावश्यक दबाब दिएको परिणामस्वरूप उनी जगेडामा परेका थिए । बस्नेतले केही साताअघि ५० लाख रुपैयाँ आफ्नो खातामा हाल्न लेखापाललाई भनेका थिए । तर, लेखापालले ‘त्यत्रो कहाँ हुन्छ, सबैलाई मिलाउँदा २÷४ लाख त रहन्छ’ भनेपछि लेखापाललाई नै ‘यसो भए तँ जा’ भन्दै थर्काएका थिए । एआईजीबाट यस्तो व्यवहार भएपछि लेखापालले गृहसचिव प्रेमकुमार राई र आईजी सर्वेन्द्र खनाललाई यसको रिपोर्टिङ गरेका थिए । त्यसपछि उनी जगेडामा परेका थिए ।
सुरक्षा परिषद् अहिले क्षमतावान् सुरक्षा अधिकारीहरूको समेत हाइ काढेर बस्ने थलो भएको छ । रक्षा मन्त्रालयको माथिल्लो तलामा रहेको कार्यालयमा नेपाली सेनाका महासेनानी रामचन्द्र कार्की, हरेन्द्र पाठक, सहायक रथी कृष्णमुरारी न्यौपाने, उपरथी कर्मेन्द्रविक्रम लिम्बू, प्रमुख सेनानी ठाकुरचन्द्र रेग्मी, सशस्त्रका एसएसपी दमन थापा, नेपाल प्रहरीका डिआईजी शेरबहादुर बस्नेत, एसपी भोजजंग शाहलगायत त्यहाँ बिनाकाम दिन कटाएर बस्ने गरेको बताइन्छ । त्यहाँका अधिकांश कर्मचारीको दिन सपिङ गरेर र मोबाइलमा गेम खेलेर बित्ने गरेको छ ।
सम्बन्धित समाचार
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply