महराले माफियाको विरोध गरेको सुन्दा रमाइलो !
काठमाडौं । सभामुख कृष्णबहादुर महराले देश माफियाले चलाएको आत्मबोध गरेर सही विश्लेषण गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले खुसी व्यक्त गरेका छन् । केही दिनअघि आफू निकटस्थहरूसँगको कुराकानीका क्रममा उनले भने, ‘सुनेको छु, बदनाम पात्र अजय सुमार्गीसँग समेत महराको सम्बन्धमा चिसोपन बढेको छ अरे ! आफू र आफ्ना परिवारलाई सामान्य व्यवस्थापनका लागि मात्र महराको सम्बन्ध रहेको हो भने धेरै नराम्रो पनि होइन ।’ नारायणकाजी श्रेष्ठको भनाइ उद्धृत गर्दै उनीनिकट स्रोतले बतायो ।
त्यो भेटघाटमा श्रेष्ठले अलिक खुलेरै महराको आलोचना गरेको भेटमा संलग्न एक सदस्यले बताए । पूर्वमाओवादीमा पनि पूर्वएमालेका शीर्ष नेताहरूलाई घुमाउने सुमार्गी, आङ छिरिङ, दीपक मल्होत्रा, ल्याक्र्याल लामा, दीपक भट्टहरू निर्णायक बने भन्दै सर्वहारा वर्गको पार्टीभन्दा पनि माफियाको सेवाका लागि बनाएको पार्टीजस्तो पो बन्यो भन्दै प्रवक्ता श्रेष्ठले चिन्ता जाहेर गरेका थिए ।
‘राष्ट्रिय सभामा केन्द्रीय कार्यालयमा बिचरा दुःख गरिबसेका, पार्टीमा काम गर्दैगर्दा धेरै सम्पत्ति सकेका प्रह्लाद बुढाथोकी वा अरू कुनै दुःख पाएकालाई राष्ट्रिय सभामा सदस्य बनाउनुपर्छ भनेर मैले भन्दा सुमार्गीसँग निर्वाचनमा पैसा लिएको छ, उनले भनेको पनि एकजना मान्छे राख्नुपर्छ भनेर महराले भनेको भनेर चर्चा सुनेको हुँ, उनकै पहल र जोडमा अरूलाई सुमार्गीको कोटामा सांसद बनाइयो, त्यो विडम्बनापूर्ण होइन ? अहिले महराले माफियाको विरोध गरेको सुन्दा पनि रमाइलै लाग्ने रहेछ,’ प्रवक्ता श्रेष्ठको भनाइ उद्धृत गर्दै ती सदस्यले बताए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विवादास्पद व्यक्तित्वसँग सम्पर्क भएको, क्रान्तिकारी माओवादीलाई भौतिक उत्प्रेरणामा लैजानमा महŒवपूर्ण भूमिका खेलेको, चिनियाँ विवादास्पद व्यापारीसँग पैसाको डिल गर्नेदेखि लिएर छोराहरूलाई अन्तर्राष्ट्रिय आईएनजीओ खोलेर पैसा ल्याउने अनि अवैध बालुवाको व्यापार गर्ने कार्य गर्ने महराबाट माफियाको विरोध गर्नुले उनी सच्चिने कार्यमा लागेकोमा पत्याइहाल्ने अवस्था नभएको भने प्रवक्ता श्रेष्ठको भनाइ रहेको बताइन्छ ।
उनले रोल्पा र रुकुमले हिजो जनयुद्धमा जुन ऐतिहासिक साहसिक भूमिका निर्वाह गरेजस्तै आदर्श स्थापित गरेको भए कम्युनिस्ट आन्दोलन यति छिट्टै स्खलित नहुने बुझाइ प्रवक्ता श्रेष्ठको रहेको भन्दै ती सदस्यले भने, आफूले विचारको विषय, आलोचनात्मक रुपमा उठाउँदा कतिपयले नपचाएकोमा पनि उनले दुःख प्रकट गर्ने गरेका छन् ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply