उमेर हद नाघेका महाप्रबन्धको सरुवा–आतंक
काठमाडौं । उमेर हद नाघिसक्दा पनि अझै पदमै टाँसिएर बसेका औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक सुवास सिटौलाले जथाभावी रूपमा कर्मचारीहरूको सरुवा गर्ने र स्पष्टीकरण सोध्नेजस्ता काम गरिरहेका छन् । केही समययता उनले कर्मचारी वृत्तमा आतंक नै मच्चाएका छन् ।
उमेरले ६५ वर्ष कटे पनि महाप्रबन्धक सिटौला अझैसम्म गैरकानुनी रूपमा पदमै रहिरहेका छन् । उमेरहदका कारण महाप्रबन्धकको जिम्मेवारीमा रहिरहन कानुनसम्मत नरहेको हुँदा गएको असोज २७ गते नै उनलाई पदमुक्त गरिएको पत्र लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले दिएका थिए । तर, अध्यक्षले दिएको पत्र बुझे पनि उनी अहिलेसम्म जिम्मेवारीमै छन् र कर्मचारीहरूलाई आफ्नो बचाउमा उभिन दबाब दिँदै आएका छन् ।
आफ्नो बचाउमा नलागेका कर्मचारीहरूलाई सजायस्वरूप सरुवा गर्ने, अनावश्यक रूपमा स्पष्टीकरण सोध्ने र सचेत तुल्याउनेजस्ता गैरजिम्मेवारीपूर्ण कार्य उनले गर्दै आएका छन् । केही दिनअघि मात्रै उनले लिमिटेडको कर्मचारी संघ नेपालका महासचिव वासुदेव सोडारीलाई केन्द्रीय कार्यालयबाट नेपालगञ्ज औद्योगिक क्षेत्रमा सरुवा गरेका छन् । आफ्नो पक्षमा नउभिएकै कारण बालाजु औद्योगिक क्षेत्रमा कार्यरत रामाशंकर जैसवाल र संगीता कुँवरलाई उनले केन्द्रमा सरुवा गरेका छन् । अचेल उनले कर्मचारीहरूलाई ‘मेरो पक्षमा नउभिने सबैलाई म सरुवा गर्दिन्छु’ भनेर धम्क्याउँदै आएको बताइन्छ ।
नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई समेत महाप्रबन्धक सिटौलाले टेर्न छाडेका छन् । उनको उमेरहदको प्रश्न उठेपछि मन्त्री भट्टले ‘अहिले कुनै पनि कर्मचारीको सरुवा नगर्नू’ भनेर निर्देशन दिएका थिए । तर, मन्त्रीको निर्देशनलाई उल्लंघन गर्दै ‘सरुवा गर्ने मेरो अधिकारको कुरा हो, म कसैको निर्देशन मान्दिनँ’ भन्दै हिँड्न थालेका छन् ।
महाप्रबन्धक सिटौलाले बालाजु औद्योगिक क्षेत्रका प्रमुख भोजराज बिनाडीप्रति पनि रिसइबी साँधेका छन् । बिदाको दिन सपरिवार घुम्न गएका बिनाडीलाई उनले स्पष्टीकरण सोधेका छन् । स्पष्टीकरणमा ‘आफूखुसी किन घुम्न गएको ?’ भनी सोधेका थिए । स्पष्टीकरण सोधेपछि ‘अबदेखि कतै घुम्न नजानू’ भनेर सिटौलाले बिनाडीलाई सचेत गराएको बुझिएको छ ।
उमेर नाघिसक्दा पनि गैरकानुनी रूपमा पदमा बसिरहेका सिटौला बदनाम पृष्ठभूमि भएका व्यक्ति हुन् । २०६२÷६३ को जनआन्दोलनको बेला नेपालगन्ज औद्योगिक क्षेत्रमा कार्यरत उनलाई स्थानीयवासीले कालोमोसो दलेर नगर घुमाएका थिए । जनआन्दोलन सफल भइसकेपछि राजाको पक्षमा नाराबाजी गरेपछि उनलाई स्थानीयहरूले सजायस्वरूप कालोमोसो दलेका थिए ।
राजावादी कमल थापाको ‘खास मान्छे’ मानिने सिटौलाले डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएकै बेला महाप्रबन्धकमा नियुक्ति लिन चाहेका थिए । तर, त्यतिबेला उनको पृष्ठभूमि देखेपछि उनको नियुक्ति रोकिएको थियो । पछि भने सरकारलाई झुक्याएर उनले नियुक्ति पाएका हुन् ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply