प्रवक्ता खतिवडा सूचना लुकाउन तल्लीन
काठमाडौं । मुलुक कोभिड–१९ को चपेटामा छ । क्वारेन्टिनमा रहेकाहरूको पीसीआर परीक्षणपछि कोभिडको संक्रमण समुदायमा प्रवेश गरेको छ । संक्रमणबाट जोगिन सरकार र आम जनताले पहिलेभन्दा धेरै सावधानी अपनाउनुपर्ने अवस्था टड्कारो बनिरहेको छ । ठीक यहीबेला सरकारका प्रवक्ता डा. युवराज खतिवडा भने जनतालाई समयमै उपयुक्त सूचना दिने दायित्वबाट विमुख बन्न थालेका छन् ।
पछिल्लोपटक गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संक्रमणको जोखिम न्यूनीकरणका लागि गरेको निर्णयबारे फरक–फरक सूचना बाहिरिएपछि महामारीका बेलामा जनतामा भ्रम उत्पन्न भएको छ ।
चैत दोस्रो साताबाट साउन ५ सम्म जारी लकडाउनका बेला सरकारले मन्त्रिपरिषद् बैठककै दिन पत्रकार सम्मेलनमार्फत निर्णय सार्वजनिक गर्न नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरेर जनतालाई सूचित गर्दै आएका थियो । तर, लकडाउन खुलेपछि भने त्यस्तो शृंखला टुट्यो । समुदायमा संक्रमण फैलिन थालेपछि सरकारले गत आइतबारबाटै मुलुकभरका विभिन्न जिल्लामा सर्ट डाउनको निर्णय कार्यान्वयनमा ल्याएको छ । यसै सन्दर्भमा आगामी भदौ १ बाट खुल्ने भनिएका राष्ट्रिय–अन्तर्राष्ट्रिय उडान, शैक्षिक क्षेत्रलगायतबारे सरकारले फरक निर्णय लिएको छ । यसरी सोमबार मन्त्रिपरिषद्बाट ती क्षेत्र सञ्चालन नगर्ने निर्णय कतिपय मिडियामा भदौ मसान्तसम्म त कतिपय मिडियामा भदौ १५ सम्म मात्र लागू हुने समाचार छापिएका छन् ।
मन्त्रिहरूका अनुसार १५ भदौसम्म ती क्षेत्र नखुलाउने सीसीएमसीको प्रस्तावलाई भदौ मसान्तसम्म निरन्तरता दिने प्रधानमन्त्री केपी ओलीको प्रस्तावअनुसार सरकारले निर्णय गरेको छ । तर, आधिकारिक रूपमा निर्णय सार्वजनिक गर्ने मन्त्री खतिवडाले यसबारे जनतालाई समयमै सूचित नगर्दा थप अन्योल उत्पन्न भएको छ । कोभिडको महामारीपछि समयमै सत्यतथ्य सूचना सम्प्रेण गर्ने प्रमुख विपक्षी दल कांग्रेससहित संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबीच सर्वदलीय सहमति भएको थियो । तर, त्यस्तो सहमतिलाई बिर्सिएर प्रवक्ता खतिवडा भने सूचना सार्वजनिक गर्नेतिर होइन, लुकाउनेतिर उद्यत् देखिएका छन् । टेक्नोक्रेट पृष्ठभूमिका खतिवडा जिम्मेवारीले प्रवक्ता भए पनि कुनै पत्रकारको टेलिफोन उठाउँदैनन्, न त मूलधारका मिडियाका सम्पादकहरूको सम्पर्कमा रहन्छन् । जसले गर्दा प्रधानमन्त्री ओली झन् पछि झन् अलोकप्रिय बन्दै जाने खतरा देखिएको सञ्चार क्षेत्रमा चर्चा भइरहेको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply