नौ महिनासम्म तथ्यांक लुकाएर भ्रमको खेती
पद गुम्दा कार्यकर्ता नै खुसी
काठमाडौं । नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) को सरकारमा दुई वर्ष ६ महिना अर्थमन्त्रीका रूपमा राज्यको ढुकुटी सम्हालेका डा. युवराज खतिवडा गत साता अर्थमन्त्रीबाट बिदा भएका छन् । राष्ट्रिय सभाको दुई वर्षको कार्यकाल सकिएपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीको जोडले थप ६ महिना अर्थमन्त्री भएका उनले तीनवटा बजेट ल्याए भने दुइटा बजेटको पूर्ण कार्यान्वयन गर्ने अवसर पाए । तर, अर्थमन्त्रीबाट डा. खतिवडाको बहिर्गमन उत्साहजनक रहेन । समृद्ध मुलुक बनाउने नेकपाको अहिलेको यो सुनौलो अवसर डा. खतिवडाकै कारण गुम्यो भन्दै उनको बहिर्गमनमा सबैभन्दा खुसी कोही भए भने नेकपाकै नेता–कार्यकर्ता भए ।
हुन पनि वृद्धभत्ता वृद्धिलगायतका सामाजिक सुरक्षाका नारा दिएर चुुनावमा गएको र चुनाव जितेपछि बनेको त्यही सरकारले पहिलो बजेटमै वृद्धिभत्ता नबढाउने निर्णय गरेपछि उनी नेकपाका कार्यकर्ताको आँखाको तारो बने । मण्डले पृष्ठभूमिका खतिवडालाई अर्थमन्त्री बनाएकै कारण अर्को चुनावमा कुन मुख देखाएर मत माग्न जाने भन्ने अवस्था सिजना भएको भन्दै सामाजिक सञ्जालमा नेकपा नेतृत्व र खासगरी प्रधानमन्त्रीमाथि प्रश्नको वर्षा भइरह्यो । तर प्रधानमन्त्री ओलीले ती प्रश्नहरूको कुनै पर्वाह गरेनन् । आफ्नै कार्यकर्ता त असन्तुष्ट भए नै अर्थमन्त्रीका रूपमा डा. खतिवडाको कार्यकालमा निजी क्षेत्र झनै रुष्ट बन्यो । उनको कार्यकालमा निजी क्षेत्र र पुजीँ बजार आतंकित बन्यो । उनी होउन्जेल पँुजी बजार कहिल्यै उँभो लागेन । लगानीकर्ताको अर्बांै रुपैयाँ डुब्यो । खासगरी व्यापारी रूपज्योतिलाई पक्राउ गरेपछि निजी क्षेत्र धेरै त्रसित भयो । कहिले भ्याटको कुरा, कहिले भन्सार वृद्धिका कुरा, कहिले पानको, कहिले ब्यालेन्स सिटको कुरा ल्याउने गरेर उनले निजी क्षेत्रलाई अगाडि बढ्न नदिएको अर्थविद्हरूको भनाइ छ ।
त्यति मात्र होइन, झट्ट हेर्दा इमानको एउटा सतिसालजस्तो आकृति देखिने डा. खतिवडा कतिसम्म भ्रमको खेती गर्न खप्पिस रहेछन् भन्ने पोल उनी अर्थमन्त्रीबाट बाहिरिएपछि उजागर भएको छ । कतिसम्म भने अर्थतन्त्रको तस्बिर नाजुक देखेपछि उनले नौ महिनासम्म तथ्यांक विभागको रिपोर्ट नै लुकाएर राख्न लगाएका रहेछन् । बाहिर कोभिड–१९ का कारण अर्थतन्त्र ओरालो लागेको प्रचार गराउने उनले कोभिड अगाडिको दयनीय अवस्थालाई अर्थमन्त्रीका रूपमा सिंहदरबार बसुन्जेल ढाकछोप गर्न भ्याएका रहेछन् । त्यो ढाकछोप चार दिनअघि बल्ल उजागर भएको छ ।
कोभिडका कारण नेपालमा गत चैत ११ बाट लकडाउन सुरु भएको हो । केन्द्रीय तथ्यांक विभागले पुससम्मको त्रैमासिक जीडीपीको तथ्यांक निकालेको रहेछ । उक्त तथ्यांकमा दोस्रो त्रैमासिकमा ०.८६ प्रतिशत र पहिलो त्रैमासिकमा १.५ प्रतिशत मात्र जीडीपी वृद्धि भएको रहेछ । यस्तो दयनीय अवस्था देखेपछि डा. खतिवडाले त्यो रिपोर्ट सार्वजानिक नगर्न केन्द्रीय तथ्यांक विभागलाई दबाब दिएका रहेछन् । रिपोर्ट तयार हुनासाथ कसैलाई नदेखाई सार्वजानिक गर्ने विभागको परम्परा र अभ्यास थियोे । तर सार्वजानिक हुनुअगावै डा. खतिवडाले दयनीय अर्थतन्त्रको चित्र थाहा पाएपछि रोक्न लगाए । अरू तीन महिना त्यसलाई रोकियो । तेस्रो त्रैमासिकमा पनि २.४२ प्रतिशत घटेको रहेछ । उनी मन्त्रीबाट घटेपछि राष्ट्रिय आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलले निर्देशन दिएर सबै रिपोर्ट सार्वजानिक गर्न लगाए । त्यो रिपोर्ट चार दिनअघि बल्ल सार्वजनिक भयो । रोक्नुको कारण त्यस्तो रहेछ । कोभिडका कारण अर्थतन्त्र तल झ¥यो भनियो तर उक्त आर्थिक वर्षकोे पहिले त्रैमासिकबाटै अर्थतन्त्र दयनीय अवस्थामा पुगेको रहेछ ।
को हुन् खतिवडा ?
२०३० दशकको सुरुवातमा झापामा अध्ययनरत रहँदा उनी पञ्चायत समर्थित राष्ट्रवादी विद्यार्थी मण्डलको कार्यकर्ता थिए । झापामा अखिलका कार्यकर्ताबाट कुटाइ खाएपछि उनी काठमाडौं छिरेका हुन् । काठमाडौं आएर केन्द्रीय विश्वविद्यालय कीर्तिपुरमा स्नाताकोत्तर अध्ययनका लागि भर्ना भए । त्यहाँ मण्डलेहरूको कुनै गतिविधि थिएन । गुपचुप रूपमै पढे । एमए पास गरेपछि मोरङमा क्याम्पसमा पढाउन गए । २०३९ सालमा अधिकृतका रूपमा राष्ट्रबैंकमा प्रवेश गरे । त्यसबेला राष्ट्र बैंकमा कम्युनिस्टहरूकै जगजगी थियो । दीपेन्द्रबहादुर क्षेत्रीहरूको बोलावाला थियो । उनी त्यहाँ पनि कर्मचारी संगठन, कर्मचारी आन्दोलनमा उनीहरूको विरोधको तारो नबन्ने ढंगले मात्रै पन्छिएर, चोखिएर, मीठो बोली बोलेर सुतुरमुर्गजस्तो भएर बसेको उनका सहकर्मीहरू सम्झन्छन् । २०४२ सालमा पिएचडी गर्न भारत गए ।
तीनवर्षे पीएचडी कोर्स पूरा गरेपछि उनी राष्ट्र बैंक फर्के । त्यसपछि विस्तारै कम्युनिस्ट निकट कर्मचारीसँग सम्पर्क बढाउन थाले । त्यहाँ केशव आचार्य, डिल्ली खनाल, गोविन्दबहादुर थापा, भीम न्यौपानेलगायतको एउटा समूह थियो । उनी पनि त्यही समूहसँग नजिकिए । यो समूहलाई कम्युनिस्ट नेता भरतमोहन अधिकारीले ग्रुम गर्थे । उनीहरूलाई बेलाबेलामा बोलाउने, अन्तक्र्रिया गराउने गर्थे । पछि राजा ज्ञानेन्द्र सत्ता लिएपछि बद्रीप्रसाद श्रेष्ठ अर्थमन्त्री भएँ । पार्टीका सबै नेता जेलमा थिए । त्यस्तो बेलामा खतिवडा लुसुक्क राष्ट्रिय योजना आयोगको सदस्य खान पुगे । त्यसबेला भरतमोहनले निकै मन दुखाए थिए । हामी सबै जेलमा छौं, एकचोटि नसोधी, राजा नियुक्ति खान किन गएका होलान् भन्दै अधिकारीले दुखेसो पोख्ने गरेका थिए । राजाको निरंकुश कदमविरुद्ध राजनीतिक दलहरूले आन्दोलन तीव्र बनाउँदै लगेपछि योजना आयोगका सबैले राजीनामा गरे । खतिवडा यूएनडीपीमा कन्सल्टेन्टका रूपमा काम गर्न श्रीलंका गए । २०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री भएपछि उनलाई बोलाइयो र योजना आयोगको उपाध्यक्ष बनाइयो । त्यसको केही समयमै राष्ट्र बैंकको गभर्नर खाली भयो । बैंकमै काम गरेको मान्छेलाई गर्भनर काम गर्न सजिलो पनि भयो, नोटमा हस्ताक्षर पनि गर्न पाइने, विदेश धेरै घुम्न पनि पाइने भएपछि त्यतैतिर उनको लोभ जाग्यो । राज्यमन्त्रीसरहको योजना आयोगको सुविधा छाडेर विशिष्ट श्रेणीको गभर्नर बन्ने योजना बुन्न थाले । तत्कालीन प्रधानमन्त्री नेपाललाई फकाएर उनी गभर्नर बने । त्यसो त योजना आयोगमा काम गर्न गाह्रो पनि भएको थियो । योजना आयोगामा पठाउँदा पनि पार्टीका मान्छेले धेरै विरोध गरेका थिए । नेपालकहाँ डेलिगेसन नै गएको थियो । नेपालले होइन सक्छन्, गर्छन् भन्दै थुम्थुम्याएका थिए । गभर्नर भएपछि आयोगबाट मुक्ति पाए । गभर्नर भएपछि पनि कर्मचारी युनियनले तीन महिनासम्म घेराउ गरेर सिटमा बस्न दिएनन् ।
गभर्नरको कार्यकाल सकिएपछि उनी नेकपाका अध्यक्ष केपी शर्मा ओलीको निकटमा पुगे र राष्ट्रिय सभा सांसद र प्रधानमन्त्री ओलीले पत्याएका अर्थमन्त्री बन्ने मौका पाए । तर, नेकपाका कार्यकर्ता र अधिकांश जनताले भने अढाइ वर्षको कार्यकालमा उनलाई पत्याउन सकेनन् ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply