युरोकप फाइनलमा १७ वर्षपछि नयाँ टिम
काठमाडौं । युरोकप २०२० को उपाधिका लागि इटली र इंग्ल्याण्ड भिड्ने भएका छन् । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा २(१ ले पारजित गर्दै इंग्ल्याण्डले फाइनलमा इटलीसँग भेट पक्का गरेको हो ।
वेम्वलीमा भएको खेलमा इंग्ल्याण्डलले एक गोलले पछि परेर पनि नतिजा उल्टाएको हो । त्यसअघि इटलीले स्पेनलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ ।
यस्तै युरोकपको फाइनलमा पुग्ने इंग्ल्याण्ड १३औं टिम बनेको छ । यसअघि १२ टिमले फाइनल खेल्दा १० टिमले उपाधि जितिसकेको छ । युगोस्लाभिया र बेल्जियमले फाइनल पुगेर पनि उपाधि जित्न सकेको छैन ।
यस्तै १७ वर्षपछि युरोकपमा नयाँ टिम फाइनल पुगेको हो । सन् २००४ मा दुई नयाँ टिम ग्रीस र पोर्चुगल फाइनल पुगेका थिए । जहाँ ग्रीसले पोर्चुगललाई हराएर उपाधि जितेको थियो ।
यस्तै इंग्ल्याण्डले समूह चरणमा दुई जित र एक बराबरी खेलेको थियो । त्यसपछि जर्मनी र युक्रेनलाई निर्धारित समयमै हराएको इंग्ल्याण्डले डेनमार्कलाई अतिरिक्त समयमा हराएको हो ।
सम्बन्धित समाचार
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- यू-१९ एसिया कप: नेपाल र अफगानिस्तान भिड्दै
- विश्वकप फुटबल छनोट : आज नेपाल र यमन भिड्दै
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- महिला टी-२० सिरिज : नेपालले आज हङकङसँग खेल्ने
- नेपाल र ओमानबीच खेल बराबरी, सुपर ओभरबाट निर्णय हुने
- टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
- १० बर्षपछि नेपाल टी – २० विश्वकपमा
- युएईले दियो नेपाललाई १३५ रनको लक्ष्य
Leave a Reply