हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
२० फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ ( क्यान) ले हङकङमा हुने टी-२० त्रिकोणात्मक सिरिज खेल्ने टिमको घोषणा गरेको छ । क्यानले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो ।
क्यानले हङकङमा खेल्ने टिममा सोमपाल कामी, आसिफ सेख, कुशल मल्ल र ललित राजबंशीलाई बाहिर राखेको छ । त्यस्तै टिममा विनोद भण्डारी, लोकेश बम, आकाश चन्द रासिद खानलाई समावेश गरिएको छ ।
नेपाली टिम- रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ सेख, विवेक यादव, रशिद खान, करण केसी, सागर ढकाल, प्रतिस जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा ।
नेपालले मार्च ९ देखि १३ मार्चसम्म हङकङ, नेपाल र पपुवान्यूगिनीसम्मिलित टी-२० सिरिज खेल्दै छन् ।
त्रिकोणात्मक टी-२० सिरिजमा मार्च १० मा हङकङ र नेपाल खेल्ने छन् भने मार्च १२ मा दुई खेल हुने छन् । मार्च १२ मा पिएनजी र नेपाल पहिलो खेलमा खेल्ने छन् भने दोस्रो खेलमा हङकङ र पिएनजी खेल्ने छन् ।
मार्च १३ मा त्रिकोणात्मक टी-२० सिरिजको फाइनल खेल हुने छन् भने फाइनलमा नपुग्ने देशले हङकङ ए सँग तेस्रो स्थानको लागि खेल्ने छ ।
साथै सिरिज अघि हङकङ र नेपाल बीच मार्च ९ मा फ्रेन्डसिप कप हुने हङकङ क्रिकेट बोर्डले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply