उपत्यकामा १५ दिन निषेधाज्ञा थप्ने तयारी, तीन जिल्लाका प्रजिअको वैठक बस्दै

३१ असार काठमाडौं । नेपालमा पुनः कोरोनामुक्त हुने भन्दा संक्रमितको संख्या बढ्दै गइरहेका बेला काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पुनः १५ दिन थप्ने तयारी भएको छ ।
उपत्यकामा निषेधाज्ञा थप्ने विषयमा छलफल गर्न आज बिहीबार तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकमा छलफल हुने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । दिउँसो १ बजेपछि बसिने बैठकमा लामो दूरीका यातायात पनि खोल्ने कि भन्ने विषयमा पनि छलफल हुने उनले जानकारी दिए ।
छलफल चाहिँ लामो दूरीका यातायात खुला गर्ने विषयमा पनि गर्छौं,’ प्रमुख जिल्ला अधिकारी भट्टराईले भने, तर १५ दिन अहिलेकै जस्तो गरी निषेधाज्ञा लम्बिने सम्भावना बढी छ ।’ उनका अनुसार लामो दूरीका यातायात खोल्ने कि नखोल्ने भन्ने विषयमा स्वास्थ्यकर्मी, ट्राफिक प्रहरीलगायत सरोकारवालासँग परामर्श गरिने छ ।
‘तर लामो दूरीका सवारीसाधन खोलिने सम्भावना म कम देख्छु’ उनले भने, ‘यो कुरा चाहिँ बैठकमै गएपछि थाहा हुन्छ ।’ यता ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले पनि अब १५ दिन निषेधाज्ञा थप्ने र लामो दूरीका यातायात पनि खुला गर्ने सरसल्लाह भइरहेको बताएका छन् ।
उपत्यकाभित्र भने सार्वजनिक यातायात यस अघिदेखि नै सञ्चालनमा आइसकेको छ । यसअघि थपिएको निषेधाज्ञाको अवधि आज असार ३१ गते राति १२ बजेबाट सकिँदै छ । कोरोना महामारी नियन्त्रणका लागि भनेर काठमाडौं उपत्यकामा गत वैशाख १६ गते निषेधाज्ञा शुरु गरिएको थियो । पटक–पटक अवधि थपेर यो लम्ब्याउने क्रम जारी छ । तर क्रमशः खुकुलो पारिएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply