गण्डकीमा ६ मन्त्रीले लिए शपथ
८ साउन पोखरा । गण्डकी प्रदेशका नव नियुक्त ६ जना मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । कांग्रेस र माओवादीका तीन–तीन जनाले प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रीमा कांग्रेसका विन्दुकुमार थापा, शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रीमा मेखलाल श्रेष्ठ, पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा मणिभद्र शर्मा कँडेलले शपथ लिएका हुन् । माओवादीबाट अर्थमन्त्रीमा रामजी बराल, भूमि व्यवस्था, कृषि, सहकारी, तथा गरिबी निवारण मन्त्रीमा चन्द्रबहादुर बुढा, वन, वातावरण तथा भू–संरक्षण मन्त्रीमा दीपक थापाले शपथ लिएका छन् ।
मन्त्रीबाट नाम काटिएका दोबाटे भन्छन्, ‘पार्टीभित्र अपराध भयो’
पोखरामा मन्त्रीका लागि छानिएका तनहुँका दोबाटे विश्वकर्माको नाम अन्तिम समयमा आएर काटिएको छ भने उनको ठाउँमा विन्दुकुमार थापालाई ल्याइएको छ ।
निष्ठाको राजनीतिमा अपराध भएको सांसद विश्वकर्माको प्रतिक्रिया छ । ‘नाम काटियो भन्ने सुनें । यो त पार्टीभित्र अपराध भयो,’ उनले भने, ‘४२ वर्षदेखि निष्ठाको राजनीति गरिरहेको छु । अहिले अपमान गरियो । योभन्दा अरु मैले के भन्न सक्छु र रु’ आफू यसबारे धेरै बोल्न नचाहेको भन्दै सांसद विश्वकर्माले भने, ‘पार्टीभित्र समावेशिताको एउटा सिद्धान्त छ । तर त्यही सिद्धान्त पनि अपमान गरियो । अरु कुरा बोलिनँ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply