भारतीय बजारमा तीन अकंको आर्थिकबृद्धि हासिल गर्ने मोटोरोलाको दाबी
नयाँ दिल्ली । मोवाइल उत्पादक कम्पनी मोटोरोलाले आफ्नो मुख्य ध्यान विभिन्न मूल्यका नवीनखालका स्मार्टफोनमा केन्द्रित गरेको छ । यसले आउने त्रैमासिकमा भारतीय बजार तीन अकंको आर्थिक बृद्धि हासिल हुने विश्वास मोटोरोलाले लिएको छ ।
मोटोरोलाका एसिया प्यासिफिक कार्यकारी निर्देशक प्रशन्नमणीले कोभिड महामारीले हरेक उद्योगधन्दालाई अनेक प्रकृतिका प्रभाव पारेको उल्लेख गर्दै भने, ‘पुरै स्मार्टफोन उद्योग र त्यसमा पनि विशेष गरि लोनोभो र मोटोरोलामा हामीले हाम्रो व्यापारलाई उच्च गति दिन निकै सम्भावना देखेका छौं ।’
उनले भने, ‘गत त्रैमासिकमा हामीले विश्वव्यापीरुपमा मोटोरोलामा ६४ प्रतिशत राजश्व वृद्धि गरेका थियौं, त्यो कुनै एक वा दुई क्षेत्रमा मात्र सिमित थिएन, अझै हामीले उच्च दोहोरो अकं र तीन अकंको बृद्धि देखिरहेका छौं ।’
ल्याटिन अमेरिकामा मोटोरोलाको २१.२ प्रतिशत बजार हिस्सा रहेको छ । जुन सदैव अरुको तुलनामा सबैभन्दा धेरै हो । युरोप, मध्यपुर्व, अफ्रिका र एसिया प्यासिफकमा पनि लगातार तीन त्रैमासिकमा नाफामूलक बृद्धि हासिल गरेको जनाइएको छ । भारतमा पछिल्ला तीन त्रैमासिकमा लगातार ३ सय प्रतिशत भन्दा बढी नाफा बृद्धि गरेको मोटोरोलाले जनाएको छ ।
मोटोरोलाले गत मंगलबार मात्रै दुई नयाँ डिभाइस बजारमा ल्याएको छ ।
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- भारतमा ९२ सांसद निलम्बित
- काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
- चार प्रदेशमा विहानैदेखि बर्षा
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- एमाले उपमहासचिव ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभाग उपमन्त्री हाइयानबीच भेटवार्ता
- अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- कोप–२८ सम्मेलनमा प्रधानमन्त्री सहभागी हुने
- टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
Leave a Reply