अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
३० कात्तिक, काठमाडौं ।अमेरिकाका राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ ।
एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक)को शिखर सम्मेलनमा भाग लिन अमेरिका पुगेका राष्ट्रपति सीले बुधबार क्यालिफोर्नियाको सन फ्रान्सिस्कोमा राष्ट्रपति बाइडेनसँग भेटवार्ता गरेका हुन् । भेटपछि पत्रकारहरूसँगको कुराकानीमा राष्ट्रपति बाइडेनले राष्ट्रपति सीसँगको भेट फलदायी भएको बताएको द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।
अमेरिका र चीनबीच ताइवान विवाद, दक्षिण चीन सागरमा सेनाको गतिविधि, इसराइल-हमास युद्ध, युक्रेन युद्ध तथा अमेरिकी चुनावमा चीनले हस्तक्षेप गरेको जस्ता विभिन्न विवाद छ । दुई देशका राष्ट्रपतिको भेटवार्ताबाट दुई देशबीच चिसिएको सम्बन्धमा केही सन्तुलन आउने आकलन गरिएको छ ।
भेटमा रूस-युक्रेन युद्ध र इसराइल-हमास युद्धका बारेमा दुई राष्ट्रपतिले छलफल गरेको बताइएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply