एमालेका १० स्थायी कमिटी सदस्यहरु पार्टी बैठकमा सहभागी

८ भदौ, काठमाडौं । नेकपा एमालेका १० स्थायी कमिटी सदस्यहरु झण्डै ६ महिनापछि पार्टी बैठकमा जाने भएका छन् ।
सर्वोच्च अदालतको २३ फागुन २०७७ को फैसलाबाट पुनर्स्थापित एमाले एकजुट हुन सकेको छैन । २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षको मात्र बैठक राखेर एकलौटी निर्णय गरेपछि माधवकुमार नेपाल समूहले समानान्तर गतिविधि गर्दै आएको थियो ।
नेता नेपालले २ भदौमा एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी दर्ताका लागि निवेदन दिएका छन् । तर लामो समय उनीसँग रहेका स्थायी कमिटीका अधिकांश नेता नयाँ पार्टीमा गएनन् । स्थायी कमिटीका १० जनाले केन्द्रीय सदस्यहरुसँग छलफल गरेर १० बुँदे सहमति कार्यान्वयन र नयाँ पार्टी दर्ताको प्रक्रिया रोक्न माग गरेका थिए ।
सोमबार भएको छलफलमा अध्यक्ष ओली १० बँदे सहमति कार्यान्वयन गर्न सहमत भएका छन् । त्यसअनुसार एमाले स्थायी कमिटीको बैठक अहिले केहीबेरमा बस्दैछ ।
बैठकमा उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य, स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे र रघुजी पन्त पनि सहभागी हुनेछन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply