एमसीसी उपाध्यक्षको टोलीले आज देउवा र प्रचण्डलाई भेट्दै

२५ भदौं, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसिसी) को टोलीले आज (शुक्रबार) प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गर्दैछ ।
एमसीसीकी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीले आएकै दिन हिजो बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओली तथा सत्ता गठबन्धनका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवुकमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरिसकेको छ ।
अब आज एमसीसी प्रतिनिधिमण्डलले कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा र सत्तारूढ गठबन्धनकै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने भएको हो ।
हिजो बिहीबार बिहान विमानमार्फत काठमाडौं आइपुगेको एमसीसी टोली हरेक राजनीतिक दलका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेट गरिरहेको हो । टोली आएको दिनदेखि ४ दिनसम्म नेपाल भ्रमणमा रहेन छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply