बजेटसम्बन्धी तीनवटै अध्यादेश संसदमा स्वीकृत

२५ भदौ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभा बैठकमा बजेटसम्बन्धी तीनवटै अध्यादेश पेस गरेका छन्। एमाले सांसदहरुको अवरोधकै बीच उनी दाैडिएर रोस्ट्रम पुगेका थिए।
सांसद प्रेम सुवालले बजेट अध्यादेश फिर्ता गरियोस् भन्ने प्रस्ताव गरेका थिए। तर अर्थमन्त्री रोस्ट्रममा पुगेपछि सुवालले आफ्नो प्रस्ताव फिर्ता लिएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले बजेट अध्यादेश पेस गर्न अर्थमन्त्री शर्मालाई अनुमति दिए।
अर्थमन्त्री शर्माले आर्थिक अध्यादेश २०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गरे। त्यसपछि सभामुखले उक्त प्रस्ताव बैठकमा निर्णयार्थ पेस गरे।
त्यसलगत्तै बजेट ध्वनिमतबाट अध्यादेश बहुमतले स्वीकृत भएको सभामुखले घोषणा गरे। तर सुवालले आफूले प्रस्ताव फिर्ता नगरेको बताउँदै पेसै गर्न नपाएको गुनासो गरेका थिए।
त्यसैगरी आजकाे बैठकमा राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन अध्यादेश २०७८ पनि संसद् बैठकमा पेस भई स्वीकृत भएको छ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply