संवादमा आउन एमालेलाई सभामुखको आग्रह

२७ भदौं, काठमाडौं । सभामुख अग्नि सापकोटाले संसद् बैठकमा अवरोध नगर्न विपक्षी दल नेकपा एमालेसँग आग्रह गरेका छन् ।
आज (आइतबार) को बैठकमा पनि एमाले सांसदले अवरोध जारी राखेपछि बैठकमा अवरोध नगरी वार्ताको टेबलमा बसेर निकास खोज्न आग्रह गरेका हुन् । तर नेकपा एमालेले सभामुखले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको भन्दै वेल घेराउ गरेको छ ।
‘सहकार्य र समन्वय गर्नैपर्छ । बैठक सहज बनाऔं’, उनले भने, ‘संवादतिर जाऔं । वातावरण सहज बनाऔं । जनताको सर्वोच्च संस्थालाई त्यही थलोको रुपमा अघि बढाऔं ।’
आइतबारको बैठकमा राष्ट्रिय गान बजेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘आजको बैठक प्रारम्भ हुन्छ’ भन्ने बित्तिकै एमाले सांसदहरू आसनबाट उठेर रोस्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन् । लगातार तीन दिन प्रतिनिधिसभाको बैठकमा नाराबाजी गरेर अवरोध गरेपछि समस्या समाधानका लागि सभामुख सापकोटाले संवादमा आउन आग्रह गरेका हुन् ।
तेस्रो दिन आइतबार पनि प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरूको नाराबाजी भइरहेको छ । त्यही बेला सभामुख सापकोटाले संवादमा आउन एमाले सांसदहरूलाई आग्रह गर्दै बैठक चल्ने वातावरण बनाउन सबैमा अपील पनि गरेका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply