सुदूरपश्चिमको इञ्चार्ज मै हुँ, भीम रावलजीसँग मतभेद छैन : लेखराज भट्ट

२९ भदौं, कञ्चनपुर । नेकपा एमालेका नेता लेखराज भट्टले पार्टीको सुदूरपश्चिम इञ्चार्ज आफू नै भएको बताएका छन् । प्रेस चौतारी कञ्चनपुरले मंगलबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि जिम्मेवारी बाँडफाँट गरेर आफूलाई प्रदेश इञ्चार्ज तोकेको बताउँदै भट्टले इञ्चार्जको विषयमा कुनै विवाद नरहेको दावी गरेका छन् ।
स्थायी कमिटी बैठक, केन्द्रीय कमिटी बैठक तथा हामीलाई बोलाएर अध्यक्ष कमरेडले एकीकरणसहितको नेकपा एमाले हो भन्नु भएको छ, नेता भट्टले भने, सुदूरपश्चिमको इञ्चार्ज कमरेड लेखराज भट्ट, अध्यक्ष कर्ण थापा र उपाध्यक्षको हैसियतमा भीम रावल कमरेडले सहजीकरण कार्यदलको नेतृत्व गर्दै तलका समस्या समाधान गर्ने भनेकाले सोही अनुसार हामी अघि बढेका छौं ।
नेता भट्टले रावल र आफ्नोबीचमा समेत कुनै खालको मतभेद नरहेको दावी गरेका छन् । ‘रावल कमरेडले पार्टीभित्र आफ्नो मत राख्नुलाई स्वभाविक मान्नु पर्छ । अहिले कार्य विभाजनको प्रश्न हो । उहाँ (रावल) र मेरोबीचमा मतभेद अथवा भिन्न मत छैन’ उनले भने, ‘सदभावपूर्ण व्यवहार र एकअर्कालाई बुझेर सँगै सहकार्य गरेर जाने हो ।’ एमाले सदूरपश्चिम इञ्चार्जको विषयलाई लिएर पार्टीभित्र रावल र भट्टबीच विवाद भएको चर्चा चलिरहेका बेला उनले विवाद नभएको जिकिर गरेका हुन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply