कोरोनाको ४४ लाख डोज खोप लिन जहाज आज चीन जाने

३१ भदौ, काठमाडौं । कोरोना विरूद्धको ४४ लाख डोज खोप लिन नेपाल एयरलाइन्सको जहाज आज राति चीनको बेइजिङ जाने भएको छ।
एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेलले खोप लिन निगमको वाइडबडी-३३० जहाज राति ११ बजे बेइजिङ प्रस्थान गर्ने जानकारी दिए।
उनले खोप लिएर जहाज शनिबार बिहान २ बजे नेपाल आउने बताए। सरकारले चीनबाट पछिल्लो समय खरिद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख मात्र आएको थियो।
स्वास्थ्य विभाग अन्तर्गतको खोप शाखा प्रमुख डा. सागर दाहालले अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको जानकारी दिए। जसमध्ये ५० लाख डोज खोप सरकारले खरिद गरेको हो भने बाँकी खोप विभिन्न देशबाट आनुदानमा आएको हो।
प्रमुख दाहालले अहिलेलाई चीनबाट ४४ लाख डोज खोप आउने र थप खोप पनि ल्याउन कुराकानी भइरहेको बताए।
अहिलेलाई ४४ लाख डोज आउँछ। थप खोप ल्याउनलाई कुराकानी भइरहेको छ। कसैले दिन्छौं भनेर भनिसकेको छैन। त्यसैले टुंगो नभई के भन्नु, उनले भने।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply