सभामुख सापकोटाले भने, संसदको कामबाट म आफैं पूर्ण सन्तुष्ट छैन

२ असोज, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको कार्यसम्पादनबाट आफू सन्तुष्ट हुन नसकेको बताएका छन् ।
शनिबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले गरेको कार्यक्रममा उनले संसदको कार्यसम्पादनमा सुधार गर्नुपर्ने धेरै ठाउँ रहेको बताएका हुन् ।
‘संसदको प्रभविकारिताको कुरा गर्ने हो भने म आफैं पनि पूर्ण सन्तुष्ट छैन’ उनले भने, ‘कार्यसम्पादनमा कति चुस्त कति वैज्ञानिक सुधार गर्नुपर्नेछ । इमानका साथ म यसमा केन्द्रित हुन्छु ।
आफू सभामुख भएको दुई वर्षको अवधिमा दलहरुम आन्तरिक लोकतन्त्र कमजोर भएको देखेको पनि उनले बताए । ‘मैले सभामुखको जिम्मेवारी सम्हालेको करिब २ वर्ष हुन लाग्यो । मलाई गहिरो गरी अनुभूत भएको छ, सबैमा जिम्मेवारी वोध, कर्तव्य वोधको कमीका साथसाथै आन्तरिक लोकतन्त्र कमजोर भएको छ । दलहरुमा पनि उनले भने ।
सापकोटाले लोकतन्त्र भनेको अरुलाई उपदेश दिने विषय नभई आत्मसात गर्ने र व्यवहारमा प्रयोग गर्ने विषय भएको बताए ।
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले संविधान कार्यान्वयनका लागि जनताले अनुभूत गर्ने गरी काम गर्नुपर्ने बताए । ‘त्यसमा हामी सांसदहरु बढी जिम्मेवार छौं । इतिहासको कठघरामा आनन्दित हुन अहिलेको काम गराइले सकिदैन ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply