के छ आज संसद बैठककोे कार्यसूची ?

४ असोज,काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्ने भएको हो ।
संघीय संसद्का महासचिव भरतराज गौतमका अनुसार सोमबार बस्ने प्रतिनिधिसभाको बैठकका लागि सम्भावित ६ वटा कार्यक्रम तय गरिएको छ । आइतबार सार्वजनिक कार्यसूचीअनुसार सोमबारको बैठकमा विनियोजन विधेयकबारे छलफल हुनेछ । अर्थमन्त्री जनार्दन शर्माले व्यवस्थापन कार्यमार्फत चार वटा विधेयक प्रस्तुत गर्नेछन् ।
मन्त्री शर्माले विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक विचार गरियोस् भन्नका लागि प्रस्ताव र आर्थिक विधेयकमा दफाबार छलफलको मिति तोक्न प्रस्ताव पेस गर्नेछन् । यस्तै सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक, २०७८ अन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालयका विभिन्न शीर्षकमा सांसद प्रेम सुवालबाट प्रस्तुत खर्च कटौतीका प्रस्तावलाई निर्णयार्थ बैठकमा प्रस्तुत गर्नेछन् ।
यसैगरी सोमबारको संसद् बैठकमा सांसद प्रेम सुवालले विनियोजन विधेयकअन्तर्गतका विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालय शीर्षकका खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीका प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यक्रम छ ।
यस्तै विनियोजन विधेयक, २०७८ अन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालयका विभिन्न शीर्षकबारे उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यक्रम रहेको संसद् सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply