एमाले नेताहरुको जोड : आगामी निर्वाचनमा बहुमत

९ असोज, काठमाडौं । नेकपा एमालेका नेताहरुले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी पार्टीमा एकता कायम गर्नुपर्ने बताएका छन् ।
शनिबार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकमा आसन्न विधान महाधिवेशनमा पेश गर्ने राजनीतिक र सांगठनिक दस्तावेजका साथै विधान संशोधन मस्यौदामाथि भएको समूहगत छलफलको निष्कर्षहरु पेश भएको थियो ।
प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार नेताहरुले आगामी फागुनमा स्थानीय तहको निर्वाचन हुने भएकाले तयारी गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले अघि भने, स्थानीय तहमा पहिलेको भन्दा राम्रो परिणाम ल्याउने गरी काम गर्नुपर्छ । आगामी संसदीय र प्रदेशको निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरी सम्पूर्ण शक्ति एकतावद्ध हुनुपर्छ भनेर सुझाव आएको छ ।
उनका अनुसार छलफलमा नेताहरुले पार्टीमा युवाका साथै महिला, आदिवासी जनजाति, महिला, मधेसीलगायतको सहभागिता बढाउनुपर्ने बताएका छन् । एमाले एकताको प्रतीक भएको भन्दै नेताहरुले कम्युनिस्ट एकताका लागि पहिले एमालेले नै अगुवाइ गर्नुपर्नेमा जोड दिएका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply