अर्ली इलेक्सन सम्भव छैन, संसदले पूूर्ण कार्यकाल काम गर्नुपर्छ : रामचन्द्र पौडेल

६ कात्तिक, धनगढी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्ली इलेक्सन सम्भव नरहेको बताएका छन् । सुदूरपश्चिमको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण तथा विभिन्न स्थानमा आयोजना गरिने कार्यकर्ता भेलालाई सम्बोधन गर्न शनिबार धनगढी आएका नेता पौडेलले अर्ली इलेक्सन सम्भव नरहेकाले संसदले पूर्ण कार्यकाल काम गर्नुपर्ने बताए ।
धनगढी विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पौडेलले भने, ‘अर्ली इलेक्सन सम्भव छैन । संसदले पूर्ण कार्यकाल काम गर्न पाउनुपर्छ भनेर नै हिजो हामी अदालत गएका हौं । त्यसैले संसदले आफ्नो काम कारबाही अगाडि बढाउनुपर्छ ।
संसदको काम कारबाही अगाडि बढाएर सरकारले आफ्नो क्षमता देखाउनुुपर्ने पौडेलको भनाइ छ । बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेर शुुक्रबार काठमाडौँ फर्किएका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले अर्ली इलेक्सनबारे गठबन्धनका नेताहरुसँग परामर्श गर्ने प्रतिक्रिया दिएका थिए ।
पौडेलले अविरल वर्षापछि आएको बाढीले सुदूरपश्चिममा ठूलो जनधनको क्षति गरेकाले सरकारले तत्काल प्याकेजमै राहतका कार्यक्रम ल्याउनुपर्ने धारणा राखे । त्यसका लागि आफूले सरकारको ध्यानाकर्षण समेत गराइसकेको उनले बताए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply