पूर्वको बाढी–पहिरो प्रभावित जिल्लाको निरीक्षण भ्रमणमा जाँदै प्रधानमन्त्री

७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पूर्वका जिल्लामा बाढी–पहिरोले पुर्याएको क्षतिको निरीक्षणका लागि पूर्वी जिल्लामा जाँदैछन् । प्रधानमन्त्री देउवा आज पूर्वको सुनसरी, मोरङ, इलाम र पाँचथरमा बाढी–पहिरोले पुर्याएको क्षतिको निरीक्षणमा जाने भएका हुन् ।
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री देउवा पूर्वी जिल्लाको क्षति निरीक्षणमा जान लागेको बताए । विहान ८ वजे गएर आजै साँझ काठमाडौं फर्कने कार्यक्रम छ । बिहीबार र शुक्रबार प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोले पु¥याएको क्षतिबारे निरीक्षण गरेका थिए ।
बाढी–पहिरो प्रभावित क्षेत्रको अवलोकनपछि सरकारले पीडितलाई तत्कालीन र दीर्घकालीन राहतको व्यवस्था गर्ने तयारी गरिरहेको छ । गत साता आएको बाढी पहिरो र डुबानबाट एक सयभन्दा बढी नागरिकले ज्यान गुमाएका छन् भने ठूलो मात्रामा धानबाली र भौतिक संरचनामा क्षति भएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply