बारका पदाधिकारी र प्रधानन्यायाधीशबीच भेटघाट

७ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसनका पदाधिकारीले आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेटेर छलफल गर्दैछन् । बारको कात्तिक ५ गते बसेको कार्यसमिति बैठकको निर्णय बमोजिम भेटघाट हुन लागेको हो ।
पछिल्लो समय जबरा कार्यकारीसँग संवैधानिक नियुक्ति र मन्त्रिपरिषद्मा भागबण्डा लिएको, न्यायालय सुधार अभियानमा अवरोध सिर्जना गरेको, आफ्ना स्वार्थ बाझिने मुद्दाको सुनुवाइबाट अलग हुन अस्वीकार गरेको तथा तिनको सुनुवाइ अनिश्चित बनाएको जस्ता विवादास्पद क्रियाकलापका कारण आलोचना भोगिरहेका छन् । बार बैठकले यिनै विषयमा जबरालाई भेटेर छलफल गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय बमोजिम आइबार बिहान ११ बजे आफूहरूले प्रधानन्यायाधीशलाई भेटेर छलफल गर्न लागेको बारकी उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिएकी छिन् ।
प्रधानन्यायाधीश जबरा निरन्तर विवादमा तानिँदै गएपछि पूर्व न्यायाधीश फोरमले उनलाई निकास दिन आग्रह गरेको छ । उनले त्यसरी निकास नदिए प्रतिनिधिसभालाई उनीमाथि छानबिन गरी आफ्नो संवैधानिक कर्तव्य पूरा गर्न पनि स्मरण गराएको छ । पूर्व न्यायाधीशहरू समेत प्रधानन्यायाधीश जबराविरुद्ध मुखरित भए पनि बारले केही पहल नलिएको भन्दै सार्वजनिक आलोचना भइरहेको छ ।
कात्तिक ५ मा बसेको बार बैठकले गोला प्रथाद्वारा पेसी सूची प्रकाशन गर्ने प्रणाली लागू गर्न समय सीमासहितको प्रतिबद्धताका लागि प्रधानन्यायाधीशलाई १५ दिनको समय दिएको थियो । बारले प्रधानन्यायाधीशसँग आजको भेटपछि थप धारणा सार्वजनिक गर्ने बताएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply