फुल कोर्ट बैठक बहिष्कार गर्ने १४ न्यायाधीशको निर्णय

७ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बोलाएको ‘फुल कोर्ट’ मा सर्वोच्च अदालतका बाँकी न्यायाधीश सहभागी नहुने भएका छन् ।
न्यायाधीशहरुको बैठकले यस्तो निर्णय गरेको स्रोतले जानकारी दियो । सर्वोच्च अदालतका १४ न्यायाधीशको बैठकले यस्तो निष्कर्ष निकालेको हो । आज मात्रै नेपाल बार एशोसिएसनका कार्यसमिति सदस्यहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग भेट गरी तत्काल फुल कोर्टको बैठक राख्न आग्रह गरेका थिए ।
प्रधानन्यायाधीशकै कारण न्यायालय विवादमा परेको र यसले न्यायालयको गरिमामा आँच आएको कारण न्यायालय सुधारको काम तत्कालै शुरु गर्नुपर्ने माग बारको थियो । त्यसलगत्तै प्रधानन्यायाधीश जबराले सोमबार अपरान्ह १ः३० बजेका लागि सर्वोच्चको पूर्ण बैठक (फुल कोर्ट) बोलाउने प्रतिवद्धता जनाएका थिए ।
तर आइतबार नै सर्वोच्चका अधिकांश न्यायाधीशले अनौपचारिक छलफल गरी प्रधानन्यायाधीशले बोलाएको पूर्ण बैठकमा सहभागी नहुने निर्णय गरे । प्रधानन्यायाधीशकै कारण अदालतको गरिमामा गम्भीर आघात पुगेको भन्दै अहिले उठेकै विवादका विषयमा छलफल गर्न न्यायाधीशहरूले पूर्ण बैठकको माग गरेका थिए । तर नेपाल बार एसोसिएसनको सहयोग लिएर विषयान्तर गर्न फुल कोर्टको बैठक डाकिएकाले सो बैठकमा सहभागी नहुने निर्णय भएको स्रोतले बतायो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply