बुद्धमूर्ति अनावरण गर्न राष्ट्रपति आज रुपन्देही जादै

१४ कात्तिक, रूपन्देही । राष्ट्रपति बिद्यादेवी भण्डारी आज भैरहवा आउन लागेकी छन् । भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थलमा राखिएको जेड धातुको बुद्धमूर्ति अनावरण गर्न उनी भैरहवा आउन लागेकी हुन्।
मूर्ति अनावरणको लागि राष्ट्रपतिको आगमन सुनिश्चित भएको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले जानकारी दिए । उनले आइतबार साढे १२ बजेदेखि बिमानस्थलमा मूर्ति अनावरण गरिने कार्यक्रम भएको बताए ।
यस क्षेत्रकै गौरवको विषय रहेको हुँदा मूर्ति अनावरण कार्यक्रममा सबै संघ संस्थाले अपनत्व लिन मूर्ति ल्याउने लुम्बिनी गार्डेन फाउण्डेशनले आव्हान गरेको छ । म्यानमारका भिक्षु कालीगढद्वारा झण्डै ६ महिना लगाएर तयार गरिएको उक्त मूर्ति १ मिटर लम्बाई र ६० सेन्टिमिटर चौडाई तथा १ हजार ८ सय किलोको रहेको फाउण्डेशका महासचिव एकराज गिरीले जानकारी दिए ।
उनले लुम्बिनीमार्फत समग्र नेपाललाई नै अन्तराष्ट्रिय क्षेत्रमा पहिचान दिलाउन मूर्तिले महत्वपूर्ण भूमिका खेल्ने बताए । गिरीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको साथै समग्र नेपालको प्रचार प्रसार साथै बुद्धको शान्तिको सन्देश संसार सामु पुर्याउने उद्देश्य रहेको बताए ।
साढे दुई अर्ब लागत लागेको यो मूर्ति केही दिनअघि भैरहवा विमानस्थल ल्याइएको हो ।
राष्ट्रपतिसँगै कार्यबाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँण पनि मूर्ति अनावरणमा आउने भएका छन् । उनी बिहानै रूपन्देही आएर तिलोत्तमाको पार्टी कार्यक्रममा सहभागी भएर विमानस्थल जाने कार्यक्रम रहेको छ
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
दिल्लीमा देउवाको दौडधुप
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
Leave a Reply