प्रधानन्यायाधीश विवाद: आजदेखि नेपाल बारको चरणबद्ध आन्दोलन

१४ कात्तिक, काठमाडौं । पदीय जिम्मेवारीका क्रममा विभिन्न आरोप लागेका प्रधानन्यायाधीश चोलेन्द्रशशशेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले आज देखि चरणबद्ध आन्दोलन गर्दै छ।
प्रधानन्यायाधीश जबरालाई पदबाट राजीनामा दिन माग गर्दै बारले आजदेखि निरन्तर ४ दिन सर्वोच्च अदालतको परिसरमा विरोध कार्यक्रम गर्ने भएको हो।
गत शुक्रबार नै आन्दोलन घोषणा गरेको बारले कानुन व्यवसायीलाई कालो पट्टी बाँधेर विरोध कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ।
बारको निर्णयमा भनिएको छ, कार्तिक १४/१५/१६ र १७ गतेका दिनसम्म प्रत्येक दिन बिहान १०:०० बजेदेखि ११:०० बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधी विरोध कार्यक्रम गर्ने र सो कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन काठमाडौं उपत्यकाकामा रहेका बार एकाइका कानुन व्यवसायीज्यूहरूलगायत सम्पूर्ण कानुन व्यवसायीज्यूहरूलाई अनुरोध गर्ने।
बारका विरोध कार्यक्रम
–मिति २०७८ कार्तिक १४/५/१६ र १७ गतेका दिनसम्म प्रत्येक दिन बिहान १०:०० बजेदेखि ११:०० बजेसम्म सर्वोच्च अदालतमा कालो पट्टी बाँधी विरोध कार्यक्रम गर्ने र सो कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन काठमाडौं उपत्यकामा रहेका बार एकाइका कानुन व्यवसायीज्यूहरूलगायत सम्पूर्ण कानुन व्यवसायीज्यूहरूलाई अनुरोध गर्ने।
–मिति २०७४/०७/१६ गते सर्वोच्च अदालत प्रांगणमा धर्ना तथा विरोधसभा गर्ने।
–न्यायपालिकाको वर्तमान अवस्था र नेपाल बार एसोसिएसन (नेबाए) को निर्णयको बारेमा ९० वटै बार एकाइहरूमा परिपत्र गर्ने र नेबाएको निर्णय कार्यान्वयन गर्न अनुरोध गर्ने।
–नेबाएका ९० वटै बार एकाइहरूका अध्यक्ष र सचिवज्यूहरूसँग भर्चुअल (जुम) मार्फत छलफल, अन्तरक्रिया र सुझाव संकलन गर्ने।
–उल्लिखित कार्यक्रम अवधिभित्र पनि राजीनामा नआएमा थप विरोधका कार्यक्रमहरू घोषणा गर्ने।
वर्तमान गठबन्धन सरकारमा ‘भाग’ (आफ्ना मान्छेलाई मन्त्री बनाउनुपर्ने) खोजेको कुरा सार्वजनिक भएयता प्रधानन्यायाधीश जबराको विरोध सुरु भएको हो। व्यापक विरोधकै कारण उनका जेठान गजेन्द्र हमालले उद्योगमन्त्री पदमा नियुक्ति पाएको ३ दिनमै राजीनामा दिएका थिए। तर पनि प्रधानन्यायाधीशको विरोध रोकिएन। यसबाहेक अदालतभित्र अनियमितताका अन्य आरोप पनि प्रधानन्यायाधीशविरुद्ध लगाइएको छ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply