द्धिपक्षीय व्यापार सम्बन्धलाई व्यापक बनाउन अमेरिका, भारत सहमत

वासिङटन । अमेरिका र भारत द्धिपक्षीय व्यापार सम्वन्धको दायरालाई अझ व्यापक र फराकिलो बनाउन सहमत भएका छन् । अमेरिकी व्यापार प्रतिनिधि काथेरिन ताइ र भारतीय बाणिज्य तथा उद्योग मन्त्री पियुस गोयलबिच भएको भर्चुअल छलफलमा यस्तो सहमति भएको हो ।
आगामी नोभेम्बर २२ र २३ मा नयाँदिल्लीमा हुने बैठकमा दुई देशवीचको व्यापार सम्वन्धलाई अझ कसरी व्यापक बनाउने भन्ने उपायका सन्दर्भमा अझ फराकिलो तरिकाले छलफल गर्न र भविष्यमा अमेरिका –भारत व्यापार नीति लाई अझ उन्नत बनाउने प्रतिवद्धता दुवै नेताले व्यक्त गरेको अमेरिकी व्यापार प्रतिनिधि ताइद्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।
दुई नेताबिच विश्व व्यापार संगठनको आगामी मन्त्रीस्तरीय सम्मेलनलाई कसरी उपलब्धीमूलक बनाउने भन्ने उपायहरुका बारेमा पनि छलफल भएको जनाइएको छ । विश्व व्यापार संगठनको १२ औं मन्त्रीस्तरीय बैठक गत जुनमा काजिकास्तानमा बस्ने भनिए पनि कोभिड १९को महामारीका कारण स्थगित गरिएको थियो ।
यो मन्त्रीस्तरीय बैठक विश्व व्यापार संगठनको सबैभन्दा माथिल्लो निर्णयकर्ता निकाय हो । उक्त बैठकमा मन्त्रीहरुसहित संगठनका १६४ जना उच्च अधिकारीहरु सहभागी हुन्छन् । संगठनको बैठक प्रत्येक दुई वर्षमा बस्ने गर्छ । पहिलो बैठक १९९६ मा सिंगापुरमा सम्पन्न भएको थियो भने पछिल्लो ११ औं बैठक २०१७ मा अर्जेन्टिनामा बसेको थियो । (एजेन्सी)
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
भारतमा ९२ सांसद निलम्बित
-
चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
-
प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
-
एमाले उपमहासचिव ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभाग उपमन्त्री हाइयानबीच भेटवार्ता
-
अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
-
विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
-
भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
-
कोप–२८ सम्मेलनमा प्रधानमन्त्री सहभागी हुने
-
टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
-
राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पमा
Leave a Reply