प्रधानसेनापति शर्मा आज भारत भ्रमणमा जाँदै

२३ कात्तिक , काठमाडौं । भारतीय स्थल सेनाध्यक्षको औपचारिक निमन्त्रणामा प्रधानसेनापति प्रभुराम शर्मा आज भारत जाँदैछन् । प्रधानसेनापति भएपछि शर्माको यो पहिलो विदेश भ्रमण हो ।
भारतीय स्थल सेनाध्यक्षको मानार्थ दर्ज्यानी ग्रहण गर्न प्रधानसेनापति शर्मा भारत जान लागेका हुन् । प्रधानसेनापति शर्मा ९ सदस्यीय सैनिक टोलीको नेतृत्व गर्दै सेनाको जहाजमा भारतको राजधानी नयाँदिल्ली जान लागेका हुन् । प्रधानसेनापति शर्मा सेनाको कासा जहाजबाट भारतको नयाँदिल्ली प्रस्थान गर्दैछन् ।
नेपाल र भारतका सेना प्रमुखहरुलाई कदरस्वरुप एकअर्को मुलुकको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने प्रचलन छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति कार्यालयमा कार्तिक २४ गते हुने विशेष समारोहमा प्रधानसेनापति शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्हबाट सम्मान गर्नेछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेलाई राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा २०७७ कार्तिक २० गते नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी प्रदान गरेकी थिइन् ।
नयाँदिल्ली पुगे लगत्तै भारतीय सैनिकको एक टुकडीले प्रधानसेनापति शर्माको सम्मानमा ‘सम्मान गारत’ दिनेछ । प्रधानसेनापति शर्माले मंगलबारै भारतीय समकक्षी मनोज मुकुन्द नरवाणेसँग द्वीपक्षिय भेटवार्ता हुनेछ । प्रधानसेनापति शर्माले भारतीय आर्म फोर्सका चिफ आफ डिफेन्स स्टाफ विपिन रावतसँग समेत भेट्ने छन् । भारत भ्रमणका क्रममा प्रधानसेनापति शर्माले भारतीय रक्षा सचिवसँग समेत द्धिपक्षिय हितका विषयमा छलफल गर्नेछन् । औपचारिक कार्यक्रम पूरा गरी प्रधानसेनापति शर्मा कार्तिक २६ गते शुक्रबार नेपाल फर्कने छन् ।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण यो पटक राजधानी दिल्ली बाहिर कुनै पनि कार्यक्रम तय नगरिएको नेपाली सेनाले जनाएको छ । सन् १९५० मा भारतीय सेनाका प्रथम कमाण्डर इन चिफ के एम करिप्पालाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी दिइएको थियो । सन् १९५० देखि सुरु भएको यो प्रचलन सन् १९६९ मा एक पटक भंग भएको थियो । त्यसपछि भारतले नाकाबन्दी गरेका बेला पञ्चायतकालमा दुवै मुलुकका सेना प्रमुखहरुले मानार्थ महारथीको दर्ज्यानी लिएका थिएनन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply