भीम रावलद्वारा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक बहिष्कार

२३ कात्तिक, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दसबुँदे सहमति कार्यान्वयन नगरिएको भन्दै आज हुने पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीको बैठक बहिष्कार गरेका छन्।
उनले आज गर्ने भनिएको एमाले सुदूरपश्चिम कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अन्तरपार्टी निर्देशन (अपानि)– १२ विपरीत भएको दाबी गरेका छन्। गुटबन्दीका आधारमा गर्न लागिएको बैठक र यसले गर्ने निर्णय ‘अवैध र अमान्य’ हुने रावलले घोषणा गरेका छन्।
आज हुने भनिएको सुदूरपश्चिम प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ’ रावलले मंगलबार बिहानै भनेका छन् ‘यो गुटबन्दीको नमुना हो। यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन्। अपानि–१२ झापामा लागू हुने,सुदूरपश्चिम
मा लागु नहुने किन? यहाँको भूमि बाह्य अतिक्रमणमा परेकोले हो कि?
सर्वाेच्च अदालतको फैसलाबाट तत्कालीन नेकपा भंग भएपछि पुनजीर्वित एमालेमा तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालको पक्ष र अध्यक्ष केपी शर्मा ओलीको समूहबीच व्यापक विवाद भएको थियो। त्यस क्रममा पार्टी फुट्न नदिन भन्दै दुवै पक्षका नेता सम्मिलित कार्यदल बनाई १० बुँदे सहमति गरिएको थियो।
जसमा एमालेलाई नेकपा माओवादी केन्द्रसँग एकीकरण हुनुभन्दा अगाडि (२०७५ जेठ २) को संचरनामा फर्काउने भनिएको थियो। तर पनि माधव नेपालले यसमा अविश्वास तथा अन्य कतिपय बुँदामा असहमति जनाउँदै अलग्गै पार्टी नेकपा एकीकृत समाजवादी गठन गरे भने भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराईलगायत माधव नेपाल पक्षधर १० नेताचाहिँ ओलीसँगै बसे, सहमति कार्यान्वयन हुने आशमा।
तर अन्ततः ओलीले अदालतको फैसलापछि रामबहादुर थापालगायत माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका नेताहरूलाई दिइएको जिम्मेवारी यथावत् राखे। त्यसमा पनि सुदूरपश्चिम प्रदेशमा पहिले एमाले इन्चार्ज रहेका भीम रावललाई पुनः त्यो पद दिएनन्। जसले गर्दा उनले दसबुँदे आफ्नै लागि मात्र कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाइरहेका हुन्।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply