रोकिएको कांग्रेस महाधिवेशन आजदेखि अघि बढ्दै

२७ कात्तिक, काठमाडौं । चाडबाडका कारण बीचमा राेकिएकाे नेपाली कांग्रेसको १४औँ महाधिवेशन प्रक्रिया पुन: अगाडि बढाइने भएकाे छ। दसैं, तिहार, नेपाल संवत् र छठ पर्वका कारण स्थगित कांग्रेसको महाधिवेशन प्रक्रिया शनिबार सुरु गर्न लागिएकाे हाे।
कांग्रेसले ६४ जिल्लाहरुमा यसअघि नै अधिवेशन प्रक्रिया सुरु गरेको थियो। जसमध्ये तराई र पहाडका जिल्लाहरुमा वडा र गाउँ/नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन्।
५१ जिल्लाहरुमा वडा र स्थानीय तहको अधिवेशन कांग्रेसले सम्पन्न गरिसकेको छ। हिमालका १३ जिल्लाहरुमा अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व पनि आइसकेका छन्।
२१ हिमाली जिल्लामध्ये ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा, गोरखा, मनाङ, मुस्ताङ, पूर्वी रुकुम, कालिकोट, मुगु, हुम्ला, बझाङ र बाजुरामा जिल्ला अधिवेशनबाट कांग्रेसमा नयाँ नेतृत्व आइसकेको छ।
क्रियाशील सदस्यता र समायोजनमा विवाद भएपछि महाधिवेशन प्रक्रिया सुरु हुन नसकेका १३ जिल्लामा कांग्रेसले शनिबारबाट वडा अधिवेशन सुरु गर्दैछ। यी जिल्लामा कात्तिक ३० गते गाउँ-नगरपालिका अधिवेशन निर्धारण गरिएको छ।
प्रदेश २ का आठ, सुदूरपश्चिमको कैलाली, कर्णालीको सुर्खेत र डोल्पा, लुम्बिनीको बाँके तथा बागमतीको रसुवा जिल्लामा वडा अधिवेशन सुरु हुँदैछ।
कांग्रेसले वडा र पालिका अधिवेशन सम्पन्न गरिसकेका ५१ र वडा अधिवेशन सुरु नभएका १३ जिल्लाहरुमा एकसाथ प्रदेशसभा अधिवेशन गर्ने तयारी गरेको छ।
१३ जिल्लामा वडा र पालिका अधिवेशन सम्पन्न भइसकेपछि आगामी मंसिर ३ गते ६४ जिल्लाहरुमा एकसाथ प्रदेशसभा अधिवेशन सुरु गरिने कांग्रेसको कार्यतालिका छ।
कार्यतालिकाअनुसार मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन, मंसिर १० गते जिल्ला अधिवेशन र मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन हुनेछ।
मंसिर २४ देखि २६ सम्म कांग्रेसले काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय भइसकेको छ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply