सर्वोच्चमा आज पनि धर्ना,प्रधानन्यायाधीशलाई मुख्य गेटमै रोक्ने तयारी

२८ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीशविरुद्ध आन्दोलित हुँदै आएको नेपाल बार एसोसिएशनले आज पनि सर्वोच्च अदालतको गेटमा धर्ना दिँदैछ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आएको बारले बिहान १० बजे अघिदेखि १२ बजेसम्म सर्वोच्च अदालतमा धर्ना दिन लागेको हो । यसअघि शुक्रबार भएको धर्नामा तनावको अवस्था सिर्जना भएको थियो । गत शुक्रबार पनि प्रधानन्यायाधीश जबरालाई प्रवेशमा रोक लगाउने उद्देश्यले कानुन व्यवसायीहरुले प्रदर्शन गरेका थिए । तर जबरा अर्को गेटबाट सर्वोच्च अदालतभित्र प्रवेश गरेका थिए ।
मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि जबराको राजीनामा माग गर्दै नेपाल बारले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु पनि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने पक्षमा छन् । जबराको विरोधमा रहेका न्यायाधीशहरु उनले तोकेको इजलासमा पनि बसेका छैनन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply