प्रदेश–१, मुख्यमन्त्री राईले मंगलबार विश्वासको मत लिने

२८ कात्तिक , मोरङ । प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतका लिन आज प्रदेशसभामा प्रस्ताव दर्ता गराएका छन् । प्रदेशसभा सचिवालयकाअनुसार आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट विश्वासको मत लिने सम्बन्धी पत्र दर्ता गराइएको छ ।
प्रदेश सभाको बैठक मंगलबार बस्दैछ । प्रदेशसभा प्रस्ताव दर्ता गराएको दुई दिनपछि विश्वासको मत लिनुपर्ने प्रावधान छ । अब मुख्यमन्त्री राईले मंगलबार मध्याह्न साढे १२ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिनेछन् ।
गत कात्तिक १६ गते पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता राई मुख्यमन्त्री नियुक्त भएका हुन् । विश्वासको मत लिएपछि मात्र मन्त्रीमण्डल विस्तार गर्ने राईले तयारी गरेका छन् । ९३ जना प्रदेशसभा सदस्य (हाल ९२) रहेको छ । बहुमत पुर्याउन ४७ मत चाहिन्छ । गठबन्धन दलसँग ५० सांसद छन् । गठबन्धनमा नेपाली
कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस), जसपा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा छन् । विपक्षमा नेकपा एमालेका ४० र राप्रपाका एक जना सांसद् छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply