नक्कली मतपत्र भेटिएपछि कांग्रेस ओखलढुङ्गाको निर्वाचन अवरुद्ध
७ मंसिर, ओखलढुङ्गा । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत ओखलढुंगाको अधिवेशन विवाका कारण अवरुद्ध बनेको छ ।
जिल्ला अधिवेशनका लागि मतदान शुरु हुनु केही समयअघि मंगलबार नक्कली मतपत्र भेटिएपछि जिल्ला अधिवेशनको प्रक्रिया स्थगन भएको छ । महाधिवेशन प्रतिनिधिका उम्मेदवार खिला कार्कीले दिएको जानकारीअनुसार संस्थापन पक्षबाट सभापतिका उमेदवार तेजन खनाल (तेजेन्द्र) सहितको टिमले नक्कली मतपत्र बनाएको हो ।
उक्त मतपत्रमा खनाल समूहबाट चुनावी प्रक्रियामा भाग लिएका उनीसहितका पदाधिकारी र सदस्यहरूको नाममा टिक चिह्न लगाएको पाइएको छ । निर्वाचन समितिले जुन प्रेसबाट जुन गुणस्तरको मतपत्रको छापेको थियो, सोही प्रेसबाट सोही गुणस्तरको सोही कागज प्रयोग गरेर मतपत्र छापेर टिक पनि लगाएर बाँड्ने तयारी गरेको मतपत्र हामीले प्राप्त गरेपछि अहिले मतदान प्रक्रिया स्थगित भएको छ , कार्कीले भने ।
प्रेस सञ्चालकले निर्वाचन समितिको स्वीकृतिमै मतपत्र छापेको आफूहरूसँग बोलेको कार्कीले बताए । आफूहरूले विरोध गर्दै स्पष्टीकरण मागेपछि वर्तमान सभापति प्रदीप सुनुवारले तरुण दलका जिल्ला अध्यक्ष उत्तम थापालाई हातपात गरेको कार्कीले जानकारी दिए ।
यो घटनापछि जिल्लामा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्रदेश अधिवेशनमा पनि आशंका गरेको छ । प्रदेश अधिवेश सम्पन्न भएर नतिजा आएसँगै धाँधली भएको हुन सक्ने भन्दै सो समूहले प्रदेश अधिवेशन पुनः गराउन माग गरेको छ ।
प्रदेश ‘ख’ मा हार स्वीकार गरेको संस्थापन समूहले ४३ मतले जित्यो भनेपछि यसरी नै मतपत्र बनाएर जिताएको हुनुपर्छ । हामी फेरि प्रदेश अधिवेशन गराउन माग गरिरहेका छौं , उनले भने । ओखलढुंगा सदरमुकामस्थित सगरमाथा जनता माविको खेलमैदानमा जिल्ला अधिवेशनका लागि मतदान गर्ने तयारी गरिएको थियो । पौडेल समूह अधिवेशन बहिष्कार गरेर हिंडेको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply