बन्दसत्र परिसरमा भीम रावलको पर्चा खोसियो

१२ मंसिर, चितवन । नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनको बन्दसत्र परिसरबाट अध्यक्षका दाबेदार भीम रावलको पर्चा खोसिएको छ । आचारसंहिताविपरीत भएको भन्दै रावलको पर्चा खोसिएको जनाइएको छ ।
रावल पक्षधरले मेरो उम्मेदवारी किन ? लेखिएको पर्चा बन्दसत्र हलको गेटमै पुगेर बाँडिरहेका थिए । हातमा बोकेर बन्दसत्र हुने हल भित्र छिर्न लागेका कार्यकर्ताको साथबाट स्वयंसेवकले पर्चा खोसेका हुन् ।
एमालेले महाधिवेशनमा चार बाइ चार इन्चभन्दा बढीका प्रसारसामग्री प्रयोग गर्न नपाइने आचारसंहिता बनाएको छ ।
बन्दसत्रको दोस्रो दिन आज सर्वसम्मत नेतृत्व चयन गर्नेबारे छलफल भइरहेको छ । हिजो बन्दसत्र हलले अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारी र सदस्य तोक्ने सर्वाधिकार दिएको थियो ।
उक्त निर्णयप्रति रावलले आपत्ति जनाइरहेका छन् । रावलले अहिलेसम्म आफ्नो उम्मेदवारी कायम रहेको बताएका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply