रामचन्द्रका लागि सभापतिमा दावी छाड्न शशांक तयार
२१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १४ औं महाधिवेशनमा सभापति पदमा दावी छाड्न तयार भएका छन् ।
उनले रामचन्द्र पौडेलको नाममा सहमति जुटेमा आफू दावी छाड्न तयार रहेको बताएका हुन् । मंगलबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा पौडेल पक्षबाट सभापतिमा साझा उम्मेदवार छनोट गर्न नेताहरुबीच छलफल भएको थियो ।
त्यस क्रममा वरिष्ठ नेता पौडेलले सभापतिका आकांक्षी नेताहरुसँग एक्लाएक्लै छलफल गरेका थिए ।
उनले महामन्त्री कोइरालालाई आफूलाई समर्थन गर्न आग्रह गर्दै अरु नेताहरुलाई आफूले मिलाउने बताएका थिए । जवाफमा कोइरालाले ‘तपाईका लागि छाड्छु, अरुलाई मिलाउनुस्’ भनेको कांग्रेसका एक केन्द्रीय सदस्यले बताए ।
१४ औं महाधिवेशनका लागि पौडेल पक्षबाट पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिको आकांक्षी छन् ।
सभापतिको साझा उम्मेदवार टुंगो लगाउन प्रकाशमान सिंह निवासमा बसेको बैठक विना निश्कर्ष सकिएको छ । नेताहरुका अनुसार बुधबार पुन छलफल हुनेछ । बुधबारको छलफलमा पौडेल पक्षका जिल्ला सभापति, पूर्वसभापतिहरु, प्रदेश समितिका सभापति तथा प्रदेश अधिवेशनमा पराजित पौडेल पक्षका उम्मेदवारहरु सहभगी हुनेछन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply