एमालेलाई सर्वदलीय वैठकको आग्रह : संवादमा आऊ, संसद् अवरुद्ध नगर

४ पुस, काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले प्रमुख विपक्षी दल नेकपा एमालेलाई संसद अवरोध नगर्न आह्वान गरेका छन् ।
आइतबार बसेको सर्वदलीय बैठकले आफ्ना सहमति प्रकट गर्ने नाममा जननिर्वाचित संसदलाई बन्धन नबनाउन एमालेलाई आग्रह गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
विरोध गर्ने र असहमति प्रकट गर्ने मूल थलो संसद नै हो तर जननिर्वाचित संस्थालाई लामो समय बन्धक बनाउनु उचित होइन’ कार्कीले बैठकको निष्कर्ष सुनाउँदै भनेका छन्, ‘प्रतिपक्षले उठाएको विषयमा संवाद गर्न र उपयुक्त सहमति खोज्न सरकार तयार छ ।’ सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद् नियमित अवरुद्ध हुँदा लोकतन्त्र र संसदीय अभ्यास समेत कमजोर हुन जाने खतरा रहेको बताए ।
‘सिङ्गो संसद्लाई बन्धक बनाउँदा लोकतन्त्र र संसदीय अभ्यास समेत कमजोर हुन जाने खतरा हुन्छ । प्रतिपक्षले उठाएका विषयमा संवाद गर्न र उपयुक्त सहमति खोजी गर्न सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै संसद् सञ्चालनमा सहयोग गर्न हामी प्रतिपक्षलाई आग्रह गर्दछौं’ उनले भने ।
नियमित रूपमा संसद् अवरोध गर्दै आएको दल एमालेले सर्वदलीय बैठक बहिष्कार गरेको थियो । आजको बैठकमा एमसीसीका विषयमा थप छलफल गरेर निणर्यमा पुग्ने सहमति भएको उनले बताए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply