माओवादी केन्द्र बागमती अध्यक्षमा सरल सहयात्री विजयी

६ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले बागमती प्रदेश नेतृत्व चयनका लागि गरेको चुनावमार्फत सरल सहयात्री अध्यक्षमा निर्वाचित भएका छन् । कुनै पनि तहको नेतृत्व चयनका लागि माओवादी केन्द्रले चुनाव गरेको यो पहिलो पटक हो । बागमती प्रदेश नेतृत्व चयन गर्न सोमबार राति सम्पन्न मतदानको आज (मंगलबार) बिहान ३ बजेतिर सार्वजनिक गरिएको हो ।
सार्वजनिक नतिजाअनुसार प्रतिस्पर्धी दिनानाथ गौतमलाई हराउँदै सहयात्री माओवादी केन्द्र बागमती प्रदेशको अध्यक्ष बनेका हुन् । गौतमलाई ७६ मतले उछिन्दै सहयात्रीले अध्यक्ष पद जितेका हुन् । विजयी सहयात्रीले १६२ मत ल्याए भने गौतमले ८६ मत। जम्मा २ सय ६१ भोट खसेको थियो ।
तल्लो तहदेखि सर्वसम्मतिबाट नेतृत्व चयन गर्दै प्रदेश सम्मेलनसम्म आइपुगेको माओवादी केन्द्रले बागमती अध्यक्ष पदमा भने सहमति जुटाउन सकेन । गत मंसिर २५ र २६ गते काठमाडौंमा भएको बागमती प्रदेश सम्मेलनले २७५ सदस्यीय प्रदेश कमिटी चयन गरे पनि अध्यक्षसहितका पदाधिकारीमा सहमति हुन सकेको थिएन । जति प्रयास गर्दा सहयात्री र गौतमले दाबी नछोडेपछि पदाधिकारीको निर्वाचन गरिएको हो ।
निर्वाचनबाट बागमती उपाध्यक्षमा रुपा मर्हजन, रामप्रसाद ढुंगाना र प्रेम बहादुर पुलामी विजयी भएका छन् । अन्य ७ उम्मेदवारलाई पछि पार्दै यी तीन जना विजयी भएका हुन् । यसैगरी सचिव पदमा काभ्रेका इन्द्रबहादुर थिङ विजयी भएका छन् । सचिवका प्रतिस्पर्धीद्वय रामचन्द्र अधिकारी र धर्म डंगोललाई हराउँदै थिङ चुनिएका हुन् । यस्तै सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ विजयी भएका छन् भने कोषाध्यक्ष संगीता भट्टराई भएकी छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply