क्यानका ६ बोर्ड सदस्यको आग्रह : खेलाडीको कारबाही फिर्ता गर

७ पुस, काठमाडौं । नेपाल क्रिकेट संघका र्यसमितिका ६ जना सदस्यले राष्ट्रिय टिमका चार खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिन माग गरेका छन् ।
बुधबार पत्रकार सम्मेलन गरेर सदस्यहरु ऋषिराम गौतम, अमितवीर पाण्डे, करन महतरा, सञ्जयराज सिंह र छुम्बी लामाले राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीको जिम्मेवारी खोस्ने तथा खेलाडीहरु सोमपाल कामी र कमल सिंह ऐरीलाई सेन्ट्रल कन्ट्र्याक्टबाट हटाउने क्यानको निर्णय फिर्ता लिन माग गरेका हुन् । यसअघि उनीहरुले खेलाडीलाई कारबाही गर्ने गरी क्यानले गरेको निर्णयमा नोट अफ डिसेन्ट लेखेका थिए ।
नेपालमा सञ्चालन भएको ट्राइ-नेशन टि-२० क्रिकेट प्रतियोगितामा विजयी भएका खेलाडीहरुलाई पुरस्कार रकम उपलब्ध गराउन पहल गर्नुको साटो अनुशासनको नाममा नियोजित ढंगले राष्ट्रिय क्रिकेट खेलँडीमाथि गरिएको कारबाही फिर्ता लिन माग गर्दछौं’ प्रेस विज्ञप्तिमा भनिएको छ ।
खेलाडीहरुले वर्गीकरणमा असहमति जनाएपछि उनीहरुसँग संवाद गरेर विवाद सल्टाउनुपर्नेमा झन् निहुँ खोजेर कारबाही गरिएको क्यान सदस्यहरुले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
वर्षौंसम्म राष्ट्रिय टिममा रहेका खेलाडीहरुलाई हचुवाको भरमा नियोजित तरिकाले कारबाही गर्दा आउँदा दिनमा हुने महत्वपूर्ण प्रतियोगितामा पर्ने असरका साथै नेपाली क्रिकेटको साख खस्कने अवस्था आउन सक्ने तर्फ जिम्मेवार नेतृत्वले सोचेको छ ? उनीहरुले प्रश्न गरेका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply