ओलीले उद्घाटन गरे एमालेको ६१ जिल्लाको अधिवेशन

२३ पुस, काठमाडौं । नेकपा एमालेको जिल्ला अधिवेशन अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उद्घाटन गरेका हुन् ।
एमालेले शुक्रबार एकसाथ जिल्ला अधिवेशन गर्न लागेको हो। एमालेका ६१ जिल्ला अधिवेशन आज हुँदैछ । मौसम र आन्तरिक तयारीका कारण आज अधिवेशन हुन नसकेका १६ जिल्लामा छिट्टै अधिवेशन हुने एमालेले जनाएको छ ।
एमालेले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न सर्कूलर जारी गरेको छ । एमालेको विधान अनुसार जिल्ला कमिटी दुई अधिवेशन बीचको अवधिमा आफ्नो कार्यक्षेत्रभित्र पार्टीको मुख्य कार्यकारी संस्था हो । जिल्ला अधिवेशनले अध्यक्ष- १, उपाध्यक्ष- १, सचिव- १, उपसचिव- २ र उपधारा ३ मा उल्लिखित अधिकतम् संख्यामा नबढ्ने गरी सदस्यहरू रहेको जिल्ला कमिटी निर्वाचन गर्नेछ । जिल्ला मातहतका पालिका इलाका कमिटीका अध्यक्षहरू जिल्ला कमिटीका पदेन सदस्य हुनेछन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिबाट नेतृत्व चयन गर्न आग्रह गरेका छन् । शुक्रबार ६१ जिल्ला अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै ओलीले भने, सकेसम्म समझदारीबाट नेतृत्व चुन्न आग्रह गर्छु । नभए स्वस्थ प्रतिस्पर्धाबाट अगाडि बढ्नुस् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply