सीटीईभीटीका सम्पूर्ण परीक्षा स्थगित
११ माघ, काठमाडौं। प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)ले सबै परीक्षा स्थगित गरेको छ ।
कोभिड संक्रमण तीव्र गतिमा फैलिरहेको परीक्षार्थीहरुको संख्या पनि बढी भएकोले परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रक कृष्ण केसीले जानकारी दिए ।
उनले भने ‘संक्रमण तीव्र रुपमा फैलिरहेको अवस्थामा परीक्षा गराउन सकिँदैन भनेर स्थगित गर्ने निर्णय गरेका छौं । परीक्षार्थी संख्या पनि ठूलो छ । सूचना भोलिको गोरखापत्रमा प्रकाशित हुन्छ ।
परिषदले यहि १५ गते बायोमेडिकल तर्फको प्रवेश परीक्षा र २२ गते प्रिडिप्लोमा तहको मौका परीक्षा लिने तयारी गरेको थियो ।
परिषदले आउँदो २७ गतेदेखि वार्षिक प्रणाली र सेमेष्टर प्रणालीका तर्फका इन्जिनियरिङ, स्वास्थ्य, कृषि लगायतका विभिन्न कार्यक्रम अन्र्तगतका नियमित तथा पुरक परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो ।
तत्कालको लागि अर्को निर्णय नभएसम्म परीक्षा स्थगित गरिएको परिषदको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ । परिस्थिति सहज हुनासाथ एक हप्ता अथवा दश दिनको समय दिएर नयाँ परीक्षा तालिका सार्वजनिक गर्ने परीक्षा नियन्त्रक केसीले जानकारी दिए ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply