६ फाल्गुन २०७८, शुक्रबार ०५:३८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
कार्य व्यवस्था परामर्श समितिको बैठकमा एमाले नजाने, संसद अवरोध जारी राख्ने
६ फागुन,काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आज पनि संसद् अवरोध जारी राख्ने भएको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूहरूको माग पूरा नभएकाले अवरोध कायम राख्ने बताए ।
संसदमा हामीले उठाएको माग पूरा भएको छैन । अवरोध जारी राख्छौं , उनले भने । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै छ । एमालेले पार्टीले कारबाही गरेका १४ सांसद्को सूचना टाँस्नुपर्ने भन्दै संसद् अवरुद्ध गर्दै आएको छ ।
यस्तै, एमाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि नजाने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठकअघि बिहान साढे ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । ‘कार्यव्यवस्था परामर्श समितिको बैठकमा जानुको अर्थ नै छैन नि ! संसदमा कुनै परिवर्तन नै भएको छैन । हामीलाई बोलाएर के अर्थ ?, उनले भने ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply