युक्रेनको राजधानीमै पुगे रुसी सेना, विहानैदेखि भीषण युद्ध

१४ फागुन, काठमाडौं । युक्रेनको राजधानी शहर किभमा शनिबार बिहानैदेखि भीषण युद्ध शुरु भएको छ । सीएनएनका अनुसार शुक्रबार रातिदेखि नै किभमा ठूलो विष्फोटका आवाज सुनिएको थियो ।
शनिबार बिहान सबेरसम्म सुनिएका ठूलो विष्फोटका आवाज स्थानीय समयअनुसार ५ बजेपछि भने केही साम्य भएको थियो । विशेष गरी किभको पश्चिमी र दक्षिणी क्षेत्रमा उक्त विष्फोटहरु भएको जनाइएको छ । यद्यपि पौने ६ बाट किभमा पुनः गोलीबारी शुरु भएको छ । दक्षिण–पूर्वी क्षेत्रबाट ठूलो गोलीबारीको आवाज सुनिएको समाचारमा उल्लेख छ ।
युक्रेनको राजधानी किभको सडकमा रुसी सेनासँग भिडन्त शुरु भएको सरकारलाई उद्धृत गर्दै युक्रेनको समाचार एजेन्सी इन्टरफ्याक्सले जनाएको छ । ‘हाम्रो शहरको सडकमा भिडन्त भइरहेको छ, समाचार एजेन्सीले जनाएको छ । समाचारमा सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन र झ्याल वा बरण्डामा ननिस्कन चेतावनी दिएको छ । यसैबीच किभबाट करिब ३५ किलोमिटर दक्षिणमा रहेको भासिल्किभ शहरका मेयरले अहिले शहरको मध्यभागमा भीषण युद्ध भइरहेको बताएकी छन् ।
युक्रेनको संसदको च्यानलसँगको कुराकानीमा मेयर नातालिया बालासिनोभिकले भनिन्, शहर पूरै युद्धमय बनेको छ । उनले युद्धको क्रममा दुवैतर्फ ठूलो क्षति भएको उल्लेख गरेकी छिन् । उनले युक्रेनको सेनाका दुई सयभन्दा धेरै सैनिक घाइते भएको उल्लेख गरेकी छिन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply