स्थानीय निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल सम्भव छैन : डा. महत

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल सम्भव नभएको संकेत गरेका छन् ।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका प्रवक्ता महतले सत्तारुढ दलहरूबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर जाने अवस्था आफूले नदेखेको बताएका हुन् । स्थानीय निकायको निर्वाचनको आफ्नै विशिष्ट परिवेश र परिस्थिति छ, उनले भने, केन्द्रिय नेतृत्वले नै सम्पूर्ण कुरा बाँडफाँड गर्नु अव्यवहारिक हुन्छ, विधानतः पनि त्यो सम्भव हुँदैन ।
आज सञ्चारकर्मीसँगको कुराकानीमा उनले स्थानीय आवश्यकतालाई ध्यानमा राखेर स्थानीय तहको निर्वाचन सम्पन्न हुने भएकाले दलहरूले आ-आफ्नै ढंगले उम्मेदवारी दिने बताए । तर, यस विषयमा सत्तारुढ दलभित्र भने कुनै छलफल भइनसकेको उनको स्पष्टिकरण छ ।
स्थानीय आवश्यकताहरूलाई ध्यानमा राखेर पनि कतिपय ठाउँमा समझदारीहरू पनि हुन सक्दछ, कतिपय ठाउँहरूमा दलहरूले आफ्नो ढंगले गर्ने अवस्था पनि छ, उनले भने, तर समग्रमा अहिले गठबन्धनमै जाने वा नजाने भन्ने विषयमा छलफल भइसकेको अवस्था छैन, आवश्यकताको सिद्धान्त र पार्टीलाई यसले कतिको फाईदा गर्छ भन्ने सिद्धान्तमा यो सम्पूणर् कुरा निर्भर गर्छ ।
प्रवक्ता महतले आवश्यकताको सिद्धान्त र आ-आफ्नै फाइदाको सिद्धान्तअनुसार स्थानीय तहको निर्वाचनमा दलहरू जुट्नुपर्ने अवस्था रहेको दोहोर्याएका छन् । स्थानीय तहको निर्वाचन तोकिएको समयमा हुनेमा आफ्नो पार्टी विश्वस्त रहेको उल्लेख गर्दै उनले त्यसका लागि सरकार अघि बढिसकेको बताए ।
महतले प्रमुख प्रतिपक्ष दल एमालेलाई सहमतिमा लिएर संसद सूचारु गराउन आफ्नो पार्टीले प्रयास जारी राख्ने पनि बताए । उनले सभामुख अग्निप्रसाद सापकोटा र माधव नेपालसहितका १४ जना सांसदको विषय अदालतमा विचाराधीन मुद्दा भएकाले त्यसलाई छाडेर एमालेले संसद चालु गराउन पुनर्विचार गर्नुपर्ने धारणा समेत राखे ।
चालु अधिवेशन अन्त्य गरेर आगामी बजेट अधिवेशनमा विपक्ष दलको सक्रिय सहभागिता आवश्यक भएकाले पनि एमालेलाई सहमतिमा ल्याएर संसद सुचारु गराउन आफ्नो पार्टीले प्रयास जारी उहाँको तर्क थियो । बजेट अधिवेशनमा सम्पूणर् दलहरू खासगरी विपक्ष दलहरूको अनिवार्य सक्रिय सहभागिताबाट नै अघि बढ्दै टुंगो लगाउने कुरामा कांग्रेसको हो, उनले थपे, त्यही अनुसार उहाँहरूलाई सहमतिमा ल्याउन प्रधानमन्त्री र पार्टीले कोशिस जारी राख्छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply