१९ फाल्गुन २०७८, बिहीबार ०९:२०
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
जबराविरुद्धको महाअभियोग अविलम्ब पारित गरियोस् : नेपाल बार

१९ फागुन, काठमाडौं । नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई अब न्यायपालिका र सार्वजनिक दायित्वका पदमा स्वीकार गर्न नसकिने जनाएको छ ।
नेपाल बारको १५ औं राष्ट्रिय सम्मेलनले पारित गरेको २२ बुँदे घोषणपत्र बिहीबार सार्वजनिक गर्दै उनीविरुद्धको महाअभियोग प्रस्ताव छिट्टै पारित गर्न माग पनि गरेको छ ।
‘प्रतिनिधिसभामा महाअभियोगको प्रस्ताव दर्ता भई निलम्बित भएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको प्रस्तावउपर यथाशीघ्र कारबाही प्रारम्भ गरी पारित गर्न नेपाल बार एसोसिएसनको यो सम्मेलन माग गर्दछ’ घोषणापत्रमा भनिएको छ । नेपाल बारले जबराको बहिर्गमन नै न्यायपालिका सुधारको आधार नभई सुधारको प्रस्थानविन्दु भएको जनाएको छ । यस्तै भ्रष्टाचारलगायत विषयमा अरू न्यायाधीशमाथि छानबिन हुनुपर्ने माग गरेको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply