२२ फाल्गुन २०७८, आईतवार १४:२९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
नेपाल एयरलाइन्सले पायो साउदीको उडान अनुमति

२२ फागुन, काठमाडौं । नेपाल वायुसेवा निगमले साउदी अरेबियाको रियाद, दमाम र जेद्दामा उडानको अनुमति पाएको छ । निगमले सोमबार साउदी अरेबियाको रियादस्थित सामान्य नागरिक उड्डयन प्रधिकरण कार्यालयबाट औपचारिक रुपमा उडान अनुमति प्राप्त गरेको हो ।
प्रधिकरणले साउदी अरेबियाको रियादस्थित कार्यालयबाट औपचारिक रुपमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको उपस्थितिमा निगमलाई उडान अनुमति दिएको हो । यस उडान अनुमति अनुसार नेपाल वायुसेवा निगमले साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान भर्न पाउने छ ।
निगमले अप्रिल २०२२ बाट नै व्यावसायिक योजना अनुरुप काठमाडौं- रियाद-काठमाडौं सेक्टरमा साताको तीन वटा नियमित उडान सुरु गर्ने नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिएकी छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply