सरकार चुनावदेखि भाग्न खोजेको छ : महासचिव पोखरेल

२३ फागुन, काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरेलले सरकारले चुनाव गर्न नचाहेको आरोप लगाएका छन् । नेकपा एमाले मोरङ जिल्ला समितिले गरेको पत्रकार सम्मेलनमा उनले सरकार आवधिक निर्वाचनबाट भाग्न खोजेको टिप्पणी गरे ।
अहिले स्थानीय तहको निर्वाचन सार्न प्रतिनिधिसभाको अर्लि इलेक्सनको चर्चा भइरहेको भन्दै महासचिव पोखरेलले पहिले स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताए ।
नेपालमा अस्थिरताको कारण धेरै राजनीति दल भएको बताउदै उनले अब जनताले दुई दलमध्ये एक रोज्नुपर्ने बताए ।
अर्थतन्त्रलाई अघि बढाउन सरकार असफल भएको भन्दै महासचिव पोखरेलले मुलुकको सञ्चित कोष विपत्ति आए टार्न नसक्ने स्थितिमा पुगेको दावी गरे । विकास निर्माणको काम पनि ठप्प भएको उनले बताए ।
एमालेले फागुन २५ गते रंगेलीमा तराई मधेस केन्द्रित जनसभा गर्ने निर्णय भएको छ । सभामा ५० हजार सहभागी हुने एमालेका मोरङ जिल्ला सचिव रूपेश खतिवडाले जानकारी दिए ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
-
नयाँ सरकार बनेपछि निराशा हट्दै गएको छ : गृहमन्त्री
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
Leave a Reply