सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
कास्की : पाँच वर्षको उमेरदेखि बुबा धनबहादुर गन्धर्वको पछि लागेर सारङ्गी रेट्दै हिँडेको सम्झना रामबहादुरका स्मृतिमा अझै ताजै छन्।पोखरा महानगरपालिका–३२ छुचीका रामबहादुर उमेरले ६० वर्ष पुगे । उनले पुख्र्यौली पेसालाई निरन्तरता दिइरहेका छन्। गन्दर्भ समुदायमा सारङ्गी बजाउने पेसा विस्तारै लोप हुन थालेको बेला उनले निरन्तरता दिइरहेका छन ।
पितापूर्खाले गाउँगाउँ डुल्दै गीत गाएरै जीविकोपार्जन गरेको परम्परा लोप हुने अवस्थामा पुगेको उनले बताए । ‘गन्दर्भ जातिको प्राचीन संस्कार र संस्कृति अधिकांश स्थानमा हराईसकेको छ’, उनले भने, ‘पछिल्लो पुस्तामा यस पेसाप्रतिको आकर्षण छैन ।’
परापूर्व कालदेखि समाजमा भए गरेका घटनालाई गीतको माध्यमबाट मानिसको मन छुनेगरी (याइँ(याईं सारङ्गी रेट्दै सूचना दिन घरघरमा डुल्ने गन्दर्भ जातिको यो संस्कृति मौलिक लोक संस्कृति हो । पूख्र्यौली पेसाका रुपमा वर्षैदेखि अँगाल्दै आएको यो पेसा संरक्षणको अभावमा अहिले लोप हुने अवस्थामा पुगेको हो ।
पहिलेपहिले गाउँमा अहिले जस्तो सडक तथा यातायातको सुविधा थिएन । गन्दर्भहरु सारङ्गी रेट्दै गीत गाएर गाउँलेले दिएको नून, चामल, दाल, तरकारीले जीविकोपार्जन गर्दथे । यो संस्कृति तत्कालीन समयमा सामाजिक संस्कृतिको रुपमा थियो।
बाउबाजे कास्कीकै बडहरेबाट छुचीमा बसाइँ सरेर आएको बताउँदै रामबहादुरले आफ्ना बुबाहरू लाले, काले र गोरे सबैले आफ्नो जीवनपर्यन्त यही पेसालाई अँगालेको स्मरण गरे ।
गाइने पेसाबाटै तीन छोरी, एक छोराको पालपोषण र शिक्षादिक्षा दिने काम गरे। आफूलाई अझै यस पेसाप्रति गौरव लाग्ने उनी बताउछन् । सारङ्गीलाई गन्दर्भ समुदायको सौभाग्यका रुपमा लिने गरेको उल्लेख गर्दै उनले भने, ‘गन्दर्भ समूदायमा बुढापाकाले आफ्ना सन्ततिलाई गन्दर्भ पेसा छोडे पनि घरको मूल धुरी खाँबोमा सारङ्गी राख्न भने नछोड्नु है भन्दै आएका छन् ।’
जीवनको सर्वस्व नै सारङ्गी भएको बताउँदै उनले आफूले बालबच्चा र परिवार पाल्ने गैरी खेतका रुपमा लिने गरेको बताए । ‘यो पेसा भगवानको समयदेखि अस्तित्वमा आएको पेसा हो’, उनले भने, ‘त्यस समयमा गन्दर्भहरूले गाउने, अप्सरा नाच्ने र देवतालाई मनोरञ्जन प्रदान गर्ने संस्कृति हाम्रा धर्मग्रन्थमा पाइन्छ ।’
बाँकी जीवन यही पेसामा समर्पित गर्ने उनको रहर छ । नयाँ पुस्ता भने यसतर्फ आकर्षित नहुँदा पेसा लोप हुने हो कि भन्ने चिन्ताले उनलाई पिरोलिरहन्छ । रासस
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply