एमाले बागमती प्रदेश कमिटीको बैठक बस्दै, ओलीले सम्बोधन गर्ने

२६ फागुन,काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठक बस्दैछ । काठमाडौंमा बिहीबार ११ बजेपछि शुरु हुने तेस्रो पूर्ण बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने बागमती प्रदेश कमिटीका उपसचिव महेश बर्तौलाले जानकारी दिए ।
एमाले रामेछाप अध्यक्ष आनन्द श्रेष्ठका अनुसार बैठकमा स्थानीय निर्वाचन, कार्यविभाजन र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । उनले भने, विशेषतः स्थानीय निर्वाचनलाई केन्द्रित गरेर छलफल हुन्छ । राखेर एमालेले प्रदेश, जिल्ला र स्थानीय तहमा कार्यकर्तालाई निर्वाचन केन्द्रीत प्रशिक्षण दिइरहेको छ । एमालेले स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित रहेर सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गरेको हो ।
पार्टीको लगातारको दबाब, निर्वाचन आयोगको ताकेता, जनस्तरबाट व्यक्त खबरदारी समेतका कारण सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी निणर्य गरेकाले उक्त निर्वाचनलाई पार्टीका पक्षमा पार्नका लागि मातहत कमिटी, नेता तथा कार्यकर्तालाई तयारी हालतमा राख्नका लागि कार्यक्रम आयोजना गरेको एमालेले जनाएको छ । निर्वाचनको मिति नजिकिएसँगै प्रमुख प्रतिपक्ष दल एमाले चुनावलाई लक्षित गर्दै देशका विभिन्न स्थानमा पार्टी प्रवेश कार्यक्रमलाई निरन्तर दिएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply