साउदी अरबका विदेश मन्त्री फागुन ३० मा नेपाल आउँदै

२७ फागुन, काठमाडौं । नेपाली युवाहरुको प्रमुख रोजगार गन्तव्य साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहान अल सउद नेपाल भ्रमणमा आउने भएका छन्।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साउदीका विदेशमन्त्री अल सउद यही फागुन ३० गते दुई दिने भ्रमणका लागि आउन लागेको बताएका छन्।
फागुन ३० देखि चैत १ सम्म हुने भ्रमणका क्रममा नेपालको तर्फबाट परराष्ट्र मन्त्री डा. नारायण खड्का नेतृत्वको वार्ता टोली गठन गरिएको छ।
नेपाल र साउदी अरब सरकारबीच हुने जनरल कोअपर्शेनबारे कुरा हुनेछ, उनले भने, नेपाल हरेक कुरामा सुन्दर भए पनि श्रमिकहरु विदेश गइरहेका छन्। उनीहरुको बढी भन्दा बढी हकहितको पक्षमा साउदीका मन्त्रीसँग कुरा हुनेछ।
त्यस्तै नेपालका श्रम मन्त्री किसान श्रेष्ठ कतारसहित तीनवटा देशको भ्रमणमा जाने भएका छन्।
मन्त्रीका कार्कीका अनुसार उनी संयुक्त अरब, सेसेल्स र कतार भ्रमणका जाने भएका छन्। त्यहाँ पनि नेपाली श्रमिकको पक्षमा कुराकानी हुने कार्कीले बताए।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply