कांग्रेसलाई १३ सिटमा झारिदिनु पर्छ : ओली

५ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई आउँदो चुनावमा १३ सिटमा झारिदने बताएका छन् ।
एमाले सम्पर्क समन्वय कमिटीले शनिबार आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले पाँच वर्षअघि २३ मा झारिसकेकाले अब १३ सिटमा झारिदिनु पर्ने बताएका हुन् । ‘यो गठबन्धन केही होइन । पाँच वर्षअघि बुढो कांग्रेस २३ सिटमा झरेको होइन ?’ कार्यकर्तालाई निर्देशन दिंदै उनले भने, ‘अब १३ सिटमा झार्नुपर्छ । लाग्नुस् न ! कांग्रेसलाई ६० वर्षमाथिका ज्येष्ठ नागरिकले मत नदिने उल्लेख गर्दै उनले युवाहरूले झन भोट हाल्नुपर्ने कारण नभएको जिकिर गरे ।
यस्तै गठबन्धनमा रहेको एकीकृत समाजवादीलाई पार्टी नै नबनेको भन्दै अध्यक्ष ओलीले यही चुनावमै समाप्त हुने टिप्पणी गरे । गठबन्धनको अर्को घटक माओवादी केन्द्रलाई यसअघि एमालेले बचाइदिएको दाबी गरे ।
साथै स्थानीय तहको निर्वाचनको सन्दर्भमा अमध्यक्ष ओलीले गडबढ हुने भन्दै मतपेटिका आफूहरूको आँखै अगाडि राख्नुपर्ने माग गरे । लाह छाप लगाए पनि कोठाभित्र राखेका बाकसको भर नहुने भन्दै उनले त्यसको पहरेदारी गर्न कार्यकर्तालाई निर्देशन दिए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply